Sunday, November 24, 2019

नयाँबानेश्वरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

८ मंसिर, काठमाडौं । सवारी साधनको ठक्करबाट काठमाडौंको नयाँबानेश्वरमा एक जनाको मृत्यु भएको छ । संसद भवनको दक्षिण गेट अगाडि सवारी साधनको ठक्करबाट अन्दाजी ५०-५५ वर्षका पुरुषको मृत्यु भएको बानेश्वर प्रहरीले जनाएको छ ।

मृतकको नाम ठेगाना खुलेको छैन । ठक्कर दिने सवारी साधनको पनि पहिचान भएको छैन । मृतकको टाउकोमा गम्भीर चोट देखिएको बानेश्वर प्रहरी वृत्तका डीएसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।

आइतबार बिहान अन्दाजी ६ बजेतिर उक्त दुर्घटना भएको र ठक्कर दिने गाडी भागेको प्रहरीको भनाइ छ । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

चितवनको भरतपुर महानगरपालिका-२९ दासढुंगामा आइतबार बिहान ट्रककोे ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार मुग्लिनबाट हेटौंडातर्फ जाँदै गरेको ना ६ ख १८९६ नम्बरको ट्रकले ती पुरुषलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते उनको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान करिब ६:२५ बजे मृत्यु भएको हो । दुर्घटना बिहान करिब ५:५४ बजे भएको थियो ।

पुरुषलाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



from Online Khabar https://ift.tt/2Ofh6dB
via IFTTT

वोमी र नागरिकलाई मर्जरमा जान राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

८ मंसिर, काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र नागरिक लघुवित्त वित्तीय संस्थालाई एक आपसमा गाभिन नेपाल राष्ट्र बेंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । अधिकांश प्रक्रियाहरु सकिएको जानकारी पाए पछि यि दुई संस्थाहरुलाई गाभिन राष्ट्र बैंकले शुक्रबार अन्तिम स्वीकृति प्रदान गरेको हो ।

२०७५ फागुन अन्तिम साता वोमी र नागरिकले मर्जरमा जान सहमति गरेका थिए । २०६८ साल देखि सञ्चालनमा आएको वोमी माइक्रोफाइनान्सको हाल राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । धादिङको नौविसेबाट केहि महिना अघिमात्रै प्रधान कार्यालय चितवनको भरतपुरमा स्थानान्तरण गरेको यस संस्थाले ३२ जिल्लामा आफ्नो शाखा सञ्जाल विस्तार गरिसकेको छ ।

उता मर्जरमा आउन लागेको नागरिक भने नयाँ लघुवित्त हो । यस संस्थाले हालसम्म सर्वसाधारणका लागि सेयर जारी गरिसकेको छैन । काभ्रेपलाञ्चोकको वनेपा केन्द्रीय कार्यालय रहेको नागरिकले आफ्नो शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा रहेको थियो ।

मर्जर पछि संस्थाको नाम वोमी लघुवित्त वित्तीय संस्था रहेने भएको छ भने संस्थाकाे प्रधान कार्यालय काभ्रेकाे बनेपामा राखिने भएकाे छ । सहमति अनुसार संस्थाको अध्यक्षमा विन्दिया प्रधान र सीईओमा वोमीका वर्तमान सीईओ प्रमेश आचार्य नै हुनेछन् ।



from Online Khabar https://ift.tt/2QKZBDD
via IFTTT

बार्सिलोनासँग रियल मड्रिडको अंक बराबर

८ मंसिर, काठमाडौं । रियल मड्रिडले स्पानिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ । गएराति भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई ३-१ ले पराजित गरेको हो । खेलको दोस्रो मिनेटमा गोल खाँदै पछि परेको रियलले त्यसपछि पुनरागमन गर्दै ३ गोल गरेको हो ।

जितपछि रियलले १३ खेलबाट बार्सिलोना समान २८ अंक जोडेको छ ।

खेलको दोस्रो मिनेटमै विलियन जोसेले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए । तर त्यो लामो समय टिकेन । करिम बेन्जामाले ३७औं मिनेटमा रियलका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफमा बराबरी गरेको रियलले दोस्रो हाफमा २ गोल थप्यो । ४८औं मिनेटमा फेडेरिको भलभेर्ड र ७४औं मिनेटमा लुका मोडरिचले गोल गरेपछि रियलले सहज जित हात पारेको हो ।



from Online Khabar https://ift.tt/2QLdRfK
via IFTTT

चेल्सीलाई हराउँदै म्यानचेष्टर सिटी तेस्रो स्थानमा

८ मंसिर, काठमाडौं । प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा म्यानचेष्टर सिटीले चेल्सीविरुद्ध जित हात पारेको छ । साविक विजेता समेत रहेको सिटीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै चेल्सीलाई २-१ ले हरायो ।

जितपछि १३ खेलबाट २८ अंक जोड्दै सिटी तेस्रो स्थानमा उक्लेको छ । समान खेलबाट २६ अंक रहेको चेल्सी चौथो स्थानमा झरेको छ ।

सिटीको घरेलु मैदानमा अग्रता भने चेल्सीले २१औं मिनेटमा एन गोलो कान्टेको गोलमार्फत लिएको थियो । तर अग्रता लामो समय टिकेन । केभिन डे ब्रएनाले सिटीका लागि २९औं मिनेटमा बराबरी गोल फर्काए । सबै गोल दोस्रो हाफमै भएको खेलमा सिटीका लागि ३७औं मिनेटमा रियादमहारेजले विजयी गोल गरे ।



from Online Khabar https://ift.tt/2qFqyOu
via IFTTT

सासु -ससुरा पनि आमाबुवा नै हुन्

रमिताको सासु-ससुरासंगै भएर पनि उनलाई अञ्जान व्यक्ति झैं व्यवहार गर्छन् । रमिताले प्रसस्त प्रयास गर्दा पनि उनीप्रति सासु-ससुराको व्यवहारमा परिर्वतन भएको छैन ।

वास्तवमा एउटा सासु-ससुरा र बुहारीको सम्बन्धमा केही तीता त केही मीठा कुराहरु भैरहन्छन् । तर पनि परिवारका सबैभन्दा महत्वपूर्ण सदस्यका रुपमा रहेका सासु र ससुराले बुहारीको स-साना कुराहरुमा रिसाइरहने गर्छन् ।

यस्तो स्थितिमा कसरी आफ्नो सम्बन्धबीचमा जमेको बरफलाई पगाल्ने भन्ने कुरा सोच्दै हुनुहुन्छ भने आज हामी तपाईंलाई केही त्यस्ता जनकारीहरु प्रस्तुत गर्दैछौं, जसले रिसाएका सासु-ससुराको रिस कम हुन्छ र उनीहरु तपाईंसँग खुशी हुन थाल्छन्, जसका कारण तपाईंको उनीहरुसंगको व्यवहार सुमधुर र उत्कृष्ट हुन्छ ।

तपाइर्ं भर्खरै मात्र कसैको बुहारी बन्नु भएको हुन सक्छ, किनभने यो मौसम भनेको धेरैको लगनगाँठो बाँधिने मौसम पनि हो । यदि तपाईंको घरमा श्रीमानसँग सासु-ससुरा पनि हुनु हुन्छ भने आफ्ना सासु- ससुरालाई कसरी रिसाउन नदिने र सधै खुशी राख्ने भन्ने कुरामा यी जानकारीहरुलाई ध्यान दिन सक्नु हुन्छ ।

समय दिनु पर्छ

कुनै पनि सम्बन्ध बनाउन धेरै समय लाग्छ भन्ने कुरालाई ध्यान दिनु पर्छ । यदि तपाइर्ंले केही समय आफ्ना सासु-ससुराको साथमा बिताउनु भयो भने तपाईंहरुबीचको दुरी कम हुन्छ र सम्बन्ध सुमधुर हुन्छ । उनीहरुसंग रमाइलोसंग समय बिताउनका लागि आफ्ना सासु-ससुरालाई पनि टेक्नोलोजीसंग परिचित गराउनु पर्छ । तपाईं उनीहरुलाई कार चलाउन सिकाउन सक्नु हुन्छ, भरखरको आएको मोबाइल सेट चलाउन सिकाउन सक्नु हुन्छ । यसो गर्दा समयका साथ उनीहरु पनि स्मार्ट बन्छन् र उनीहरुलाई मन लागेको समयमा यसको माध्ययमबाट तपाईंसंग पनि कुरा गर्न सक्छन् ।

तपाईंले आफ्ना सासु-ससुरासंग बिताएका क्षणहरुले  सम्बन्धलाई अझ बलियो बनाउन सक्नु हुन्छ । उनीहरुसंगै समय बिताउनका लागि तपाईंले उनीहरुसंगै टेलिभिजन हेर्न सक्नु हुन्छ । अनलाइन गेमहरु खेल्न सक्नु हुन्छ । पार्कमा घुम्न जान सक्नु हुन्छ । यदि तपाई जीम जानु हुन्छ भने उमेरलाई ध्यानमा राख्दै उनीहरुलाई पनि जिम लान सक्नु हुन्छ ।

मनपर्ने-नपर्ने कुराहरु

विवाहपछि हरेक महिलाले आफ्नो श्रीमान् संगसंगै सासु-ससुराको पनि रुचि थाहा पाउनु आवश्यक छ । यदि उनीहरुलाई घुम्न मन पर्छ भने उनीहरुलाई फेमिली ट्रीपमा लिएर जानु पर्छ । त्यसो त फेमिली डे आउटले सम्बन्धलाई अझ नजिक ल्याउन सहयोग पुर्‍याउँछ, साथै यसबाट हामीले आफ्ना प्रियजनहरुको रुचिको बारेमा थाहा पाउन सक्छौं।

यसले तपाइर्ंहरुबीच उत्पन्न मनमुटाव,  गुनासोहरुलाई कम गर्नुको साथै एक-अर्कालाई सुन्ने र बुझ्ने मौका पनि मिल्छ । उनीहरुको लागि मन पर्ने खानाहरु बनाउनु पर्छ । कहिलेकाहिं बाहिर लञ्च अथवा डिनरका लागि लैजानु पर्छ । अफिसबाट आउन उनीहरुको लागि मन पर्ने केहि खानेकराहरु ल्याउन सक्नु हुन्छ । तपाइर्ंको त्यस्तो कोशिस देखेर उनीहरु खुशी हुन्छन् ।

विशेष दिनलाई स्मरणिय बनाउनु पर्छ

जन्मदिन, वैवाहिक गठबन्धनको अवसर, आमा-बुबाको मुख हेर्ने दिन जस्ता विशेष मौकामा सरप्राइज गिफ्ट अथवा पार्टी दिएर उनीहरुलाई विशेष महसुस गराउन सक्नु हुन्छ । आफ्ना सासु-ससुरालाई सपिङमा लान सक्नु हुन्छ । साथै ससुरालाई शर्टको ठाउँमा टि-शर्ट तथा सासुलाई साडि भन्दा कुर्ता सुरुवाल किनिदिएर उनीहरुलाई मोर्डन बनाउन सकिन्छ । उनीहरुको मनमा लुकेका चाहानाहरुलाई पूरा गर्नु पर्छ । त्यस्तै आफ्ना सासु- ससुरालाई युनीसेक्स सैलून लैजान पनि सक्नु हुन्छ ।

यसबाहेक तपाइर्ंले उनीहरुलाई फिल्म हेर्न सिनेमा हल लैजान सक्नु हुन्छ । गेम सेक्शनमा लैजान सक्नु हुन्छ, जहाँ उनीहरु एकदम रमाइलो गर्न सक्छन् ।यी सबै कार्यहरु गरेको देखेर तपाईंका सासु-ससुरालाई तपाइर्ंले उनीहरुलाई आफ्नो आमा-बुबाको दर्जा दिएको र त्यति नै माया गरेको महसुस हुन्छ ।

सल्लाह लिनु पर्छ

सर्वप्रथम उनीहरुलाई आफ्नो साथी बनाउनु पर्छ । उनीहरुसंग मित्रता गाँसेर घरमा कुनै पनि निर्णय लिनु भन्दा अगाडि एउटा साथी जस्तै उनीहरुसंग राय लिनु पर्छ र उनीहरुको अनुमति लिनु आवश्यक छ । यसो गर्दा उनीहरु खुशी हुन्छन् ।

शेयरिङमा लुकेको केयरिङ

साँझको चिया सासु-ससुरासंग पिउनु पर्छ । उनीहरुसंग आफ्नो अफिस र साथीहरुको कुराहरु सबै शेयर गर्नु पर्छ । यसो गर्दा उनीहरुलाई सबै कुरा बताएको महसुस गर्छन् र खुशी हुन्छन् ।

विवाह अगाडि

विवाहभन्दा अगाडि हरेक युवतीको मनमा उनका सासु-ससुरा कस्ता पर्ने हुन् भन्ने कुराको डर हुन्छ । कतै ससुरा रिसाहा त छैनन् ? हाम्रो समाजमा यी दुवैको मन जित्नु भनेको एउटा बुहारीको लागि कुनै कठिन काम भन्दा हुँदैन । त्यस्तो स्थितिमा भनिन्छ शुरुवात राम्रो भयो भने आधि जीत भए सरह हुन्छ ।

त्यसैले जब तपाईं विवाह अगाडि नै भविष्यका सासु-ससुरासंग भेट्नु हुन्छ, त्यो समयमा उनीहरुलाई सम्मान दिनुहोस् र माया गर्नुहोस् । यसका साथै उनीहरुको सौखहरुको बारेमा पनि जानकारी लिनु होस् । यसो गर्दा सासु- ससुराको अगाडि तपाईंंको छवि राम्रो बन्छ र यस्तो कुराले तपाईं उनीहरुलाई एकदम मन पराउनु हुन्छ भन्ने कुरा दर्शाउँछ ।

यदि  इंगेजमेन्ट भैसकेको छ भने  उनीहरुसंग कतै खाना खान जान सक्नु हुन्छ । त्यति मात्र होइन आफ्नो प्रेमी अथवा हुनेवाला दुलाहासंग उनका आमाबुबाको मन पर्ने कुरा र कुन कुराले उनीहरु धेरै खुशी हुन्छन् भन्ने बारेमा सोध्न सक्नु हुन्छ ।

यदि  विवाह अगाडि नै यी कुराहरुमा ध्यान दिनु भयो भने तपाईंका सासु-ससुरा तपाइर्ंसंग कहिल्यै रिसाउँदैनन् । उनीहरुले तपाईसंग साथी जस्तै व्यवहार गर्छन् ।



from Online Khabar https://ift.tt/2D7DOy3
via IFTTT

गृहले भन्यो- वैधानिक हतियार बुझाऊ, चुनावपछि फिर्ता लैजाऊ

८ मंसिर, काठमाडौं । गृह मन्त्रालयले अनुमतिप्राप्त हतियार नजिकको प्रहरी कार्यालयमा बुझाइदिन सबैलाई अनुरोध गरेको छ ।

यही मंसिसर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार यही मंसिर १० गतेभित्र बुझाउन गृहले आग्रह गरेको हो । उपनिर्वाचन सम्पन्न भएपछि इजाजत प्राप्त हतियार सम्बन्धित व्यक्तिले फिर्ता लैजान सक्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

आगामी मंसिर १४ गते ३७ जिल्लामा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन हतियार बुझाउन आवश्यक रहेको गृहको भनाइ छ ।

मन्त्रालयले जारी गरेको सूचनामा ‘हातहतियार खरखजाना ऐन २०१९’ को दफा ८ अनुसार सम्बन्धित जिल्लाका व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार स्थानीय प्रहरी कार्यालयमा अनिवार्यरूपमा बुझाउन भनिएको छ ।

हेर्नुहोस् गृहमन्त्रालयको सूचना



from Online Khabar https://ift.tt/2KMVraH
via IFTTT

N.F.L. Fines Mason Rudolph $50,000 for Role in Brawl With Browns


By BY THE ASSOCIATED PRESS from NYT Sports https://ift.tt/2rjZUL7
via IFTTT

बालाचतुर्दशी : आज दीपदान, भोलि शतबीज छर्ने

८ मंसिर, काठमाडौं । बालाचतुर्दशीअन्तर्गत आज दिवंगत पितृका नाममा दीपदान गरिँदै छ । साँझ दीपदान गरी भोलिपल्ट बिहानै पितृको सम्झनामा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइन्छ ।

आइतबार साँझ दीपदान अर्थात् बत्ती बाल्नका लागि काठमाडौंको पशुपतिनाथसहितका शिव मन्दिरहरुमा भक्तजनहरु पुग्नेक्रम जारी छ । प्रत्येक वर्ष मंसिर त्रयोदशीका दिन दीपदान गर्न लाखौं भक्तजनहरु पशुपतिनाथ मन्दिर आउँछन् । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्छ ।

त्रयोदशीको दिन साँझ दीपदान गरेर उनीहरु रातभर भजनकीर्तन गरी जाग्राम बस्छन् र भोलिपल्ट चतुर्दशीको दिन आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छर्छन् ।

पशुपति क्षेत्रको १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुहृयेश्वरी, मृगस्थली, विश्वरूप, किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । शतबीज छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्‍याउन अनुरोध गर्ने प्रचलन छ ।

शतबीजमा हाल धान, जौ, तिल, गहँु, चना, मकै, कागुनो मिसाएर छर्ने चलन छ । तर, नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम भन्छन्, ‘हेमादि्र नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार धानका सय गेडा चढाउनुपर्छ, अरु होइन ।’

भगवान् शिव मृगरूप लिएर घुमेको भनिने क्षेत्रमा एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवगंत आत्माले पनि मुक्ति पाउने धार्मिक विश्वास छ ।

माता पिता दिवंगत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज छर्न नहुने समितिका अध्यक्ष गौतमले बताए । ‘धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजा आजा त के, नामसमेत लिनु नहुने उल्लेख गरिएको छ,’ उनले भने ।

शतबीज छर्न पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुहृयेश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन छ ।



from Online Khabar https://ift.tt/2rgWitl
via IFTTT

Harvard-Yale football game disrupted by student climate protest

They stormed the football field and urged the two universities to stop investing in fossil fuels.

from BBC News - World https://ift.tt/2KQ9Um5
via IFTTT

बागलुङको तोरीखोला : घरवासबाट गाउँ चिनाउँदै

८ मंसिर, बागलुङ । साँझ छिपिँदै थियो । कलाकार, पत्रकारलगायत घरेलु पाहुना तोरीखोला छिरे । गाउँलेले स्वागतद्वारमा सेतो अक्षताको टीका लगाइदिए, माला पहिराए । भजन गाउँदै सामुदायिक भवन पुर्‍याए ।

बुधबार दिउँसैदेखि तोरीखोला गाउँ बेग्लै सुरसारमा थियो । पाहुनाको सत्कारका लागि स्थानीय आतुर थिए । बागलुङको गलकोट नगरपालिका-२ नरेठाँटीस्थित गाउँ त्यो दिन आधारातसम्म जागै बस्यो ।

तोरीखोला सामुदायिक घरवास (होमस्टे) पुगेका पाहुना खुलेर रमाए, तनाव बिर्सिए । पदमार्ग हुँदै सामुदायिक भवन पुगेका पाहुनालाई गाउँलेले ‘सगुन’ चखाए । संस्कृति देखाए । कोदोको सेल रोटी, दही, मकै, भट्ट, सिन्की, मुला र गेँडागुडीको अचार टक्राए । पाहुनाले स्वाद मानेर खाए ।

कूल ६३ घरधुरी रहेको तोरीखोला मगर बाहुल्य बस्ती हो । स्थानीय उत्पादन, कला र संस्कृतिले तोरीखोला अरुभन्दा भिन्नै छ

स्थानीय महिला समूहले ‘घुम्टे साइँला’ को लयमा गीत गाए । थाली नाच नाचे ।     सामुदायिक भवनमा सत्कारसहित ‘सगुन’ खुवाउने कार्यक्रमपछि पाहुना घरवासमा बाँडिए । त्यहीँ रात बिताएर भोलिपल्ट फर्के ।

तोरीखोलाका पाँच घरमा घरवास सेवा छ । एक रातमा कम्तीमा २५ जना पाहुनाको क्षमता छ । गत महिनादेखि व्यवस्थितरुपमा घरवास शुरु गरिएको हो । कलाकारसहितका पाहुना आउने भएपछि गाउँलेले गत बुधबार विशेष तयारी गरेका थिए । स्वागतद्वार र रंगीचंगी ध्वजापताकाले गाउँ सजिएको थियो । सोही अवसरमा इन्द्रेणी समूहले मौलिक दोहोरीगीतको छायांकनसमेत गर्‍यो । लोकदोहोरीमा स्थानीयले नाचेर, गाएर साथ दिए । घरवासको प्रवर्द्धनका लागि सञ्चालक समिति र वडा कार्यालयले छायांकनको तारतम्मे मिलाएका थिए ।

घरवासबाट गाउँलाई चिनाउने योजना रहेको सञ्चालक समितिका अध्यक्ष कुमार घर्तीमगरले बताए । ‘पर्यटकलाई हाम्रो मौलिकपन र पहिचानमा रमाउने वातावरण बनाउँदैछौं’, उनले भने । थप १० घरमा घरवास सञ्चालनको योजना रहेको अध्यक्ष घर्तीको भनाइ छ ।

कूल ६३ घरधुरी रहेको तोरीखोला मगर बाहुल्य बस्ती हो । स्थानीय उत्पादन, कला र संस्कृतिले तोरीखोला अरुभन्दा भिन्नै छ । प्रत्येक दिन बेग्लाबेग्लै खानाका परिकार बन्ने घरवास सञ्चालक सीता पुनले बताइन् । उनका अनुसार पर्यटकले खाना, खाजासहित एक रात बिताएको १२ सय रुपैयाँ तिर्नुपर्छ । पेय पदार्थको भने अतिरिक्त शुल्क लाग्छ ।

खानामा मकैको आटो, कोदोको ढिँडो, रोटीजस्ता परिकार बन्छन् । गाउँमै उत्पादित माछामासु, तरकारी, गेडागुडी, आलु आदि उपलब्ध गराइने घरवास सञ्चालक बताउँछन् ।

‘नमूना बस्ती’ योजना

मगर समुदायमा प्रचलित कला, संस्कृति पनि तोरीखोला घरवासमा आकर्षण हुन् । सोरठी, कौडा, थाली नाच, भजन, झ्याउरेगीतलगायत मौलिक संस्कृतिले आगन्तुकलाई लोभ्याउँछ । घरवासबाट गाईघाट झरना, निलुवा, शिवधुरी, गलकोट दरबार, सहस्रधारालगायत नजिकका पर्यटकीय गन्तव्यस्थल पुग्न सकिन्छ ।

मध्यपहाडी पुष्पलाल लोकमार्गबाट नजिकै रहेकाले तोरीखोला आउजाउ गर्न पनि सहज छ । लमजुङको काउलेपानी र स्याङ्जाको सिरुबारी घरवासको भ्रमणपछि तोरीखोलामा घरवासको योजना बनेको वडासदस्य भक्तबहादुर घर्तीमगरले बताए । ‘भ्रमणपछि घरवास भन्ने यस्तो हुँदो रैछ भन्ने सिकियो,’ उनले भने, ‘हाम्रो गाउँमा पनि सम्भावना छ भन्ने देखेपछि अघि बढ्यौं ।’

घरवासका लागि गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा दश लाख रुपैयाँ अनुदानसमेत उपलब्ध गराएको थियो । उक्त बजेटबाट गाउँमा सौर्यबत्ती जडान, इन्टरनेटलगायत सेवा, सुविधा थप गरिएको छ ।

तोरीखोलामा घरवाससँगै ‘नमूना बस्ती’ योजना पनि सञ्चालनमा छ । गलकोट नगरपालिकाबाट पछिल्लो तीन आर्थिक वर्षमा २५ लाख रुपैयाँ बजेट नमूना बस्तीका लागि छुट्टएिको छ । उक्त योजनाबाट पदमार्ग, सडक, खानेपानी, सरसफाइलगायतका क्षेत्रमा काम भइरहेको छ । ‘यो वर्ष नाली निर्माण र गाउँलाई पूर्ण सरसफाइयुक्त बनाउँदैछौं,’ वडाध्यक्ष हिमबहादुर भण्डारीले भने, ‘नमूना बस्ती नगरको क्रमिक योजनामा छ ।’



from Online Khabar https://ift.tt/35sHTJ3
via IFTTT

Canadian Men to Meet Spain in Davis Cup Final


By BY CHRISTOPHER CLAREY from NYT Sports https://ift.tt/34ga79U
via IFTTT

तीन दिनसम्म बदली, वर्षा र हिमपातको सम्भावना

८ मंसिर, काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी तीन दिनसम्म बदली, वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशैभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको हो ।

महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गर्दैै सामान्य सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

महाशाखाको मौसमी प्रक्षेपणअनुरुप आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आइतबार राति पनि देशका मध्य र पूर्वी भूभागमा सामान्य बद्ली रही पश्चिमी क्षेत्रमा आंशिक बदली हुनेछ । पूर्वी र मध्यपहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यहीक्रम सोमबार र मंगलबार पनि जारी रहने महाशाखाले जनाएको छ ।



from Online Khabar https://ift.tt/2scmjKK
via IFTTT

नेकपानिकट सांस्कृतिक महासंघको एकता टुंगियो

८ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनसंगठन जनसांस्कृतिक महासंघ, नेपालले १५१ सदस्यीय एकीकृत केन्द्रीय समिति र घटकीय संस्थाको नेतृत्व टुंगो लगाएको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकतापछि जनसंगठनको इञ्चार्ज, सहइञ्चार्ज, संयोजक र सहसंयोजक तोकिएसँगै दुवै जनसांस्कृतिक मोर्चाले आपसी परामर्शमा केन्द्रीय सदस्यहरु चयन गरेका हुन् ।

महासंघका र सातैवटा घटक संगठनका केन्द्रीय सदस्यसमेत गरी ७२० जना संस्कृतिकर्मीको सपथ ग्रहण कार्यक्रम पार्टीका शीर्ष नेताको उपस्थितिमा यही मंसिर २८ गतेका लागि तय गरिएको महासंघका कार्यालय प्रमुख प्रेमनाथ अधिकारीले जानकारी दिए ।

नेकपाको सचिवालयले यसअघि महासंघको संयोजकमा खगेन्द्र राई र सहसंयोजकमा सरल सहयात्रीलाई तोकेको थियो । महासंघले मातहतको घटक संगठन भाषा तथा लोक वार्ता संगठनमा संयोजक डा. मधुसुधन गिरी र सहसंयोजक प्रा. डा. ऋषिराम शर्मा, जनसाहित्य लेखक संघमा संयोजक रामविनय श्रेष्ठ र सहसंयोजक केशव सिलवाल, ललितकला परिषदमा संयोजक देवेन्द्र थुम्केली र सहसंयोजक अर्जुन न्यौपाने, जन नाट्यकर्मी संघमा संयोजक पुष्प आचार्य र सहसंयोजक किशोर अनुराग छन् ।

यसैगरी समाज अध्ययन परिषदमा संयोजक भिक्टर प्रधान र सहसंयोजक धर्मेश पोखरेल, चलचित्रकर्मी संघमा संयोजक दिनेश डिसी र सहसंयोजक उदय सुब्बा तथा जन संगीतकर्मी संघमा संयोजक कर्णबहादुर गौतम (विद्रोही) र सहसंयोजक डम्बर पहाडी छन् ।

यसअघि नेकपाको राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल किसान महासंघले केन्द्रीय कमिटीलाई पूर्णता दिइसकेका छन् । निर्माण व्यवसायी, कानून र इञ्जिनीयरिङ क्षेत्रका संगठनको एकता पनि भइसकेको छ ।



from Online Khabar https://ift.tt/2OCNZzP
via IFTTT

परराष्ट्रमन्त्री ज्ञवाली रुस प्रस्थान

८ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रुस भ्रमणमा गएका छन् । रुसी महासंघ र गणतन्त्र सर्बियाको औपचारिक भ्रमणका निम्ति शनिबार अपराहृन रुसको राजधानी मस्को प्रस्थान गरेका हुन् ।

उनका साथ परराष्ट्रसचिव शंकरदास वैरागी र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरु सहभागी छन् ।

मन्त्री ज्ञवालीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा निमित्त सचिव भरतराज पौड्याललगायत परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुले विदाइ गरेका थिए ।



from Online Khabar https://ift.tt/35Ee8FB
via IFTTT

लिभरपुल अपराजित, लेस्टर दोस्रो स्थानमा उक्लियो

८ मंसिर, काठमाडौं । लिभरपुलले प्रिमियर लिगमा अपराजित यात्रालाई कायम राखेको छ । यस सिजन १३ खेलसम्म अपराजित रहने क्रममा लिभरपुलले शनिबार क्रिस्टल प्यालेसलाई २-१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा क्रिस्टल प्यालेसले लिग लिडर लिभरपुललाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो । मोहम्मद सालाहबिनै मैदान उत्रेको लिभरपुललाई ४९औं मिनेटमा साडियो मानेले गोल गर्दै अग्रता दिलाए ।

८२ औं मिनेटमा विलफ्रेड जाहाले प्यालेसका लागि बराबरी गोल फर्काए । तर त्यसको तीन मिनेटपछि नै रोवर्ट फिर्मिनोले गोल गरेपछि लिभरपुलले ३ अंक जोडेको हो ।

यस सिजन अपराजित एक्लो टिम लिभरपुलले १२औं जितपछि ३७ अंक जोड्दै शीर्ष स्थानमा पकड कायम गरेको छ । लिभरपुलले दोस्रो स्थानमा उक्लेको लेस्टर सिटीमाथि ८ अंकको अग्रता बनाएको छ । लिभरपुलले यस सिजन एक खेल मात्र बराबरी खेलेको छ ।

ब्राइटनलाई २-० ले पराजित गरेको लेस्टरले १३ खेलबाट २९ अंक जोडेको छ । लेस्टरलाई जित दिलाउन जेमी भार्डी र अयोज पेरेजले दुवै गोल गरे ।

यसैगरी बर्नमाउथलाई २-१ ले पराजित गर्दै वल्भ्स पाँचौ स्थानमा उक्लेको छ । लण्डन क्लब आर्सनल भने साउथहृयाम्पटनसँग २-२ गोलको बराबरीमा रोकियो ।

आइतबार राति तेस्रो स्थानको चेल्सी र चौथो स्थानको म्यानचेष्टर सिटीबीच खेल हुँदैछ । १२ खेल खेलेका चेल्सीको २६ र सिटीको २५ अंक छ ।



from Online Khabar https://ift.tt/34ftG1T
via IFTTT

आलंकारिक राष्ट्रपतिको अनपेक्षित शक्ति अभ्यास

८ मंसिर, काठमाडौं । राजधानी काठमाडौंबाट प्रकाशित पत्रिकाहरुमा राजनीतिक समाचारहरु नै प्राथमिकतामा परेका छन् । विप्लव समूह छिन्नभिन्न भएको, सत्यनिरुपण र बेपत्ता आयोगका पदाधिकारी सिफारिसमा राजनीतिक हस्तक्षेप भएको, उपचुनाव दलीय प्रतिष्ठाको लडाइँ भएको, राष्ट्रपति विद्यादेवी भण्डारी कार्यकारी भूमिकामा प्रस्तुत भएको लगायतका समाचार आजका पत्रिकाहरुमा छन् ।

नेपाल साप्ताहिकले बालुवाटार, सिंहदरबार, धुम्बाराहीका निर्णय, नियुक्ति र दैनिकीमा राष्ट्रपति विद्यादेवी भण्डारीले अनपेक्षित चासो दिएको कभर स्टोरी छापेको छ । राष्ट्रपति भण्डारीबाट भइरहेको शक्ति र सत्ताको दुरुपयोग अनि क्षेत्राधिकार नाघेर गरेका हस्तक्षेपको वृत्तान्त पस्केको नेपाल साप्ताहिकको सम्पादकीयसमेत राष्ट्रपतिकै कार्यशैलीसँग सम्बन्धित छ ।

‘राष्ट्रपतिको शक्ति अभ्यास : मेरो सरकार, मेरो पार्टी’ शीर्षकको सम्पादकीयमा नेपाल लेख्छ- पहिलो कार्यकालमा संवैधानिक सीमा बिर्सेर शक्तिको अतिरिक्त प्रयोग गरेको भनी राष्ट्रपति भण्डारीको आलोचना हुँदै गर्दा दोस्रो कार्यकालमा त्यसो नगर्न सचेत पनि गराइएकै थियो । तर विगतमा आफ्नो प्रतिबद्धता रहेको पार्टीको सत्ता-अनकूलताको फाइदा ‘म्याडम महामहिम’ले हालका दिनहरुमा झन् उठाइरहेको देख्न सकिन्छ ।

विप्लव समूह छिन्नभिन्न

सरकारले दिएको १५ दिने समयसीमाभित्र मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता नगरेको र नेत्रविक्रम चन्द ‘विप्लव’ समूह छिन्नभिन्न भएको विषयले प्राथमिकता पाएको कान्तिपुर दैनिकमा नेकपा अध्यक्ष प्रचण्डको अन्तर्वार्ता पनि छ । अन्तर्वार्ताको क्रममा दुवै अध्यक्षलाई कार्यकारी भएको अनुभूति भएको बताएका प्रचण्डले सरकार र पार्टी प्रभावकारी बनाउन जति काम गर्नुपर्थ्यो, त्यति गर्न नसकिएको स्वीकार गरेका छन् ।

सत्य निरुपण र बेपत्ता छानबिन आयोगका पदाधिकारी सिफारिसमा ‘राजनीतिक हस्तक्षेप’

नागरिक दैनिकका अनुसार सत्य निरुपण र बेपत्ता छानबिन आयोगका पदाधिकारी सिफारिसमा राजनीतिक हस्तक्षेप भएको ठहर गर्दै राष्ट्रिय मानवअधिकार आयोगले आफ्ना प्रतिनिधि आयोगबाट फिर्ता बोलाउने तयारी गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नागरिकसँग भनेका छन्, ‘समितिमा वातावरण पारदर्शी छैन । आयोग प्रतिनिधि अल्पमतमा परी बहुमतले निर्णय गर्ने सम्भावना छ । स्वतन्त्र रुपले सिफारिस गर्ने वातावरण हुँदैन भने मानवअधिकार आयोगका प्रतिनिधि त्यो समितिमा बसिरहनुको अर्थ छैन ।’

डाक्टर उत्पादन गर्ने थलो मेडिकल कलेज बदनाम बन्दै गएको समाचार राजधानी दैनिकमा छ । समाचारमा चितवन मेडिकल कलेजको हाताबाट दुई थान गोलीसहित पेस्तोल बरामद भएको समाचारलाई पनि समेटिएको छ ।

अन्नपूर्ण पोष्टले कास्की क्षेत्रनम्बर २ को उपनिर्वाचनलाई दलीय प्रतिष्ठाको लडाइँको रुपमा प्रस्तुत गरेको छ ।

हिमाल साप्ताहिकले एसपी भुपेन्द्र खत्रीको कभर स्टोरी छापेको छ । एसपी खत्रीको अब्बल अनुसन्धान रिपोर्टकै कारण कांग्रेस नेता मोहम्मद अफताब आलमको जेलयात्रा सम्भव भएको समाचारको सार छ । १२ वर्षअघि रौतहटमा भएको बम विष्फोटका घटनाका घाइतेलाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको ठहरसहित जिल्ला अदालत रौतहटले आलमलाई जेल सजायँ दिएको छ ।



from Online Khabar https://ift.tt/35uTUxL
via IFTTT

US Justice Ruth Bader Ginsburg admitted to hospital

The Supreme Court's most senior liberal justice, 86, suffered chills and a fever, the court said.

from BBC News - World https://ift.tt/2KPO0zg
via IFTTT

New Documents Reveal Details of Pompeo’s Role in Ukraine Affair


By BY EDWARD WONG AND KENNETH P. VOGEL from NYT U.S. https://ift.tt/34g59Ki
via IFTTT

How Did the Gettysburg Address End Up in Glenn Beck’s Office?


By BY NICHOLAS BOGEL-BURROUGHS from NYT U.S. https://ift.tt/2OzuiZO
via IFTTT

Ohio State Passes Its First Test of the Season by Beating Penn State


By BY BILLY WITZ from NYT Sports https://ift.tt/2OiqhtX
via IFTTT