५ पुस, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनलमा उपाधिका लागि भैरहवा ग्लाडिएटर्स र ललितपुर प्याट्रिएटस भिड्ने भएका छन् ।
बिहीबार त्रिवि क्रिकेट मैदानमा ईपीएलको दोस्रो क्वालिफायर राउण्डमा काठमाडौं किंग्स इलाभेनलाई ६ विकेटले पराजित गर्दै भैरहवा फाइनलमा प्रवेश गरेको हो । काठमाडौंले दिएको १०१ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको भैरहवाले १७ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो ।
भैरहवाको जितमा रायन टेन डोस्च्याटले ४५ रन बनाए । त्यस्तै, रविइन्दर सिंहले ३१ रन बनाएका थिए ।
बलिङतर्फ काठमाडौंका सांसद शेखले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले खराब प्रदर्शन गर्दै निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १०० रन मात्रै बनाएको थियो । काठमाडौंका लागि तीन जना खेलाडीले मात्रै दोहोरो अंक जोड्न सके । सन्दीप रजालीले २७, प्रदीप साहुले २५ र अमित श्रेष्ठले १३ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक पनि बनाउन सकेनन् ।
काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा भैरहवाका कुशल मल्लले तीन र मोहम्मद नभिदले दुई विकेट लिए ।
काठमाडौं पहिलो क्वालिफायर खेलमा ललितपुर प्याट्रिएटससँग एक विकेटले पराजित हुदै दोस्रो क्वालिफायरमा पुगेको थियो । इलिमिनेटर राउण्डमा चितवन टाइगर्सलाई चार विकेटले पराजित गर्दै भैरहवा दोस्रो क्वालिफयर राउण्डमा प्रवेश गरेको थियो ।
उपाधिका लागि अब शनिबार ललितपुरले भैरहवासँग खेल्ने भएको हो ।
प्रतियोगिताको विजेताले २५ लाख नगदसहित ट्रफि प्राप्त गर्ने छ । त्यस्तै, उपविजेताले १० लाख नगद प्राप्त गर्नेछ । त्यस्तै, प्लेयर अफ द सिरिज हुने खेलाडीले टीभीएस आपाची मोटरसाइकल पाउने छन् ।
from Online Khabar https://ift.tt/2T019Yh
via IFTTT
No comments:
Post a Comment