१६ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनावमा भ्रष्टाचार भएको दाबी गर्दै आएको मणि कुँवर समूहले सार्वजनिक गरेको टेलिफोन संवादपछि आर्थिक अनियमितताको थप आरोपहरु लगाएको छ ।
कुँवर निकट मानिएका काठमाडौं, ललितपुुर, भक्तपुर र धादिङका फुटबल संघका अध्यक्षहरूले गएको बुधबार पत्रकार सम्मेलन गरी रकमको चलखेलबारेको अडियो सार्वजनिक गरेका थिए ।
बिहीबार पुनः पत्रकार सम्मेलन गरी उनीहरुले विश्वकप टिकट बिक्रीमा अपादर्शिता भएको, मनोमानी भत्ता वितरण भएको, होस्टेलका लागि आएको रकममा हिनामिना भएको, जिल्ला संघको खर्च व्यक्तिगत रुपमा दिएको, महिला टेक्निकल सेन्टरको काम अपारदर्शी भएकोलगातका आरोप लगाएको छ ।
काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराट जंग शाही, भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखु, धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दिपक खतिवडा र ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाले आग्रह पूर्वाग्रह र कुण्ठाबाट नभई फुटबलमा भइरहेका अनियमितताको यथार्थ ल्याएको बताएका छन् ।
अनियमितता र भ्रष्टाचारको प्रमाण आइसकेकाले यथाशिघ्र छानविन हुनुपर्ने र संलग्नलाई निलम्बन गरी अनुसन्धान गरिनुपर्ने उनीहरुको माग छ । प्रमाण नस्ट हुनसक्ने डरसमेत रहेको भन्दै उनीहरुले छानविनमा ध्यान पुर्याउन आग्रह गरेका छन् ।
हेर्नुस् आरोपहरु

यो पनि पढ्नुहोस एन्फा चुनावमा कर्माछिरिङले पैसा बाँडेको ‘प्रमाण’ सार्वजनिकfrom Online Khabar http://bit.ly/2GNQjmS
via IFTTT
No comments:
Post a Comment