Wednesday, December 19, 2018

चिया उद्योगीलाई श्रममन्त्रीको प्रश्न-कानुन मान्दैनौं भन्ने तागत कहाँबाट आयो ?

४ पुस, काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट संसदीय समितिमा चिया उद्योगीमाथि कडा रुपमा प्रस्तुत भएका छन् । चिया उत्पादक संघले बुधबार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा समिति बैठकमै सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न नसकिने घोषणा गरेपछि श्रम मन्त्री बिष्टले उद्योगीलाई कानुन नमान्ने अधिकार कसैसँग नरहेको जवाफ फर्काएका छन् ।

‘सरकारको निर्णय मान्दैनौं भन्नुको अर्थ के हो ?’ उनले संघका अध्यक्ष सुरेशकुमार अग्रवाललाई प्रश्न गरे,’आफ्ना माग गर्जेर राख्नुभयो । श्रमिकको लागि त एउटा माग राख्नु भएन ।’

उनले सरकारसँग माग्ने तर आफू केही नगर्ने उद्योगीको प्रवृत्तिप्रति पनि ब्यंग्य गरे । उनले मेसिनरीसहित सबै कुरा मागेका उद्योगीलाई ब्यंग्यात्मक शैलीमा भने ‘गाडीका लागि डिजेल पनि माग्नुस् न, त्यो चाँही छुट्यो ।’

श्रम मन्त्री बिष्टले चिया वगानमा सरकारबाट आवास सुविधा माग गर्ने उद्योगीले मजदुरलाई भने बिर्सिएको टिप्पणी गरे ।

यो पनि पढ्नुहोस सामाजिक सुरक्षा कार्यक्रम लागू नगर्ने चिया उत्पादकको घोषणा
‘ऐनको व्यवस्था र सरकारले ल्याएको कानु मान्दैनौं भन्ने तागत कसरी आयो?’, उनले भने,’सरकारको प्रतिनिधिको हैसियतले म भन्छु । सामाजिक सुरक्षा कार्यक्रम चिया उद्योगमा पनि लागू हुन्छ ।’

योगदानमा आधारित समाजिक सुरक्षा ऐन र श्रम ऐन आफूले नबनाएको भन्दै कानुन मान्दिन भन्न कसैले पनि नपाउने बताए । उनले सरकारले ल्याएको योजना जसरी पनि लागू हुने बताए । अन्य क्षेत्रमा जस्तो सजिलो नभएको भन्दै चिया उद्योगमा सामाजिक सुरक्षा कार्यक्रम लागू गर्न नसकिने बताए ।

सरकारले कही हप्ताअघि सबै श्रमिकका लागि भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीकै उपस्थितिमा कार्यक्रम घोषणा गरेको थियो, जसमा सबै मजदुरलाई योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था समेत छ ।



from Online Khabar https://ift.tt/2LtPLBC
via IFTTT

No comments:

Post a Comment