६ पुस,गुल्मी । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका उजुङ्मावासीलाई लिफ्टिङ खानेपानी आयोजनाले सहज भएको छ ।
इस्मा गाउँपालिका-१ को दुनदुरे खोलाबाट लिफ्टिङ्गमार्फत पानी तानेर अग्लो स्थानमा ल्याइएपछि खानेपानीको समस्या टरेको हो ।
०७० सालबाट सुरु गरिएको दुनदुरे खोला उजुङ्ग हर्पुकोट खानेपानी ५ वर्षपछि निर्माणको काम सम्पन्न भएपछि गाउँमा पानी आएको हो ।
नेपाल सरकारबाट ३ करोड ६९ लाखमा सम्पन्न खानेपानी आयोजनाले पानी तान्न सुरु गरेपछि स्थानियले खुसी व्यक्त गरेको दुनदुरे खोला उजुङ्ग हर्पुकोट खानेपानी समितिका सचिव नारायण कुँवरले बताए । ‘तत्कालको लागि अस्थायी रुपमा पानी बितरण भएको छ,’ उपभोक्ता समिति सचिव कुँवरले भने, ‘केही दिनमै घरघरमा लगेर बितरण कार्य सुरु गरिनेछ ।’
हाल २२७ घरले खानेपानी पिउनको लागि सदस्य बनेको सचिव कुँवरले बताए । पानी पिउनको लागि प्रतिव्यक्ति ३ हजार ५५ रुपैयाँ लाग्ने दुनदुरे खोला उजुङ्ग हर्पुकोट खानेपानी समितिका अध्यक्ष बैकुण्ठ कुँवरले बताए ।
हालको लागि केही घरहरुले पानीको उपभोग गरिरहेता पनिएक घर एक धारा अनुसार मिटर सिस्टमले बितरण गरिने अध्यक्ष कुँवरले बताए । करिब ७ सय घरलाई पुग्ने लिफ्ट गरिएको खोनपानी ९ सय ५० मिटर तलबाट माथि ल्याइएको हो ।
खानेपानी उजुङ्ग, हर्पुकोट,हस्तिचौर,तोरिखर्क र फेदियसम्मका स्थानीयले माग गरेको समितिका सचिव कुँवरले बताए । कल्पनासमेत नगरेको ठाउँमा पानी आउदा निकै खुसी भएको स्थानीय अर्जुन कुँवरले बताए ।
१४७ घरपरिवार रहेको बस्तीमा खानेपानीका लागि टाढा धाउनु पर्ने बाध्यता थियो । बस्ती नजिकका मुहानहरु सुकेको र टाढाका मुहानको पानीले पनि बस्तीमा खानेपानीको अभाव टार्न नसक्दा शुभकार्य पूजा, बिवाह, मेलापर्वमा थप समस्या हुने गरेको थियो ।
केही वर्षअघि मात्रै मोटरबाटो पुगेको उक्त बस्तीमा खानेपानी नभएकै कारण बसाइँ सर्नेको संख्या बढेको थियो । पानी नहुँदा विद्यार्थीहरुलाईसमेत समस्या परेको थियो । अब भने लिफ्टिङबाट ल्याइएको पानीले सहज भएको स्थानीयवासीले बताएका छन् ।
from Online Khabar http://bit.ly/2ECf4Qm
via IFTTT
No comments:
Post a Comment