३ पुस, काठमाडौं । नेपाल धितोपत्र बोर्डले संयमित हुन पुँजी बजार लगानीकर्ताहरुलाई आग्रह गरेको छ । मंगलबार पे्रस विज्ञप्ती जारी गर्दै बोर्डले दोस्रो बजार कारोवार रोक्ने सम्बन्धी भएका अवाञ्छित स्थिति सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको भन्दै संयमित हुन आग्रह गरेको हो ।
पछिल्लो समयमा मुद्रा तथा पुँजी बजारमा देखिएका प्रवृतिहरुको (व्याजदर, शेयर बजार, ऋणपत्र) समग्र मूल्याकंन गरी वित्तीय स्थायित्व एवं लगानीका लागि वित्तीय स्रोत व्यवस्थापनमा देखिएका समस्याहरु पहिचान गरी सुझाव पेश गर्न यस बोर्डको प्रतिनिधि सहित लगानीकर्ताहरुको समेत प्रतिनिधित्व रहने गरी नेपाल सरकारबाट उच्च स्तरीय समिति गठन भई उक्त समितिले चाडै नै आप\mनो प्रतिवेदन बुझाउने क्रममा रहेको भन्दै धैर्य गर्न समेत बोर्डले आग्रह गरेको छ ।
उक्त समितिले लगानीकर्ताहरुका माग समेत सम्बोधन गर्नेमा विश्वस्त रहेको भन्दै बोर्डले विज्ञप्तीमार्फत भनेको छ, ‘परिप्रेक्ष्यमा दोस्रो बजार कारोवार सुसंचालनमा संयमताको लागि अनुरोध गर्दै बजारलाई स्वच्छ र पारदर्शी रुपमा अगाडि बढाउन सम्बन्धित लगानीकर्ताहरुका साथै सवै पक्षहरुसँग सहयोगको लागि बोर्ड अनुरोध गर्दछ ।’
from Online Khabar https://ift.tt/2CiPdeC
via IFTTT
No comments:
Post a Comment