Tuesday, December 18, 2018

कांग्रेस महासमिति बैठक लम्बिने, देउवाले बोल्दा चर्को हुटिङ

३ पुस, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक अझै केही दिन लम्बिने भएको छ ।

विधान संशोधनबारे शीर्ष तहमा सहमति जुट्न नसकेपछि महासमिति बैठकमा प्रभावकारी छलफल हुन सकेको छैन । मंगलबार पनि बैठक नै सुरु हुन सकेको थिएन ।

महासमिति सदस्यहरुबीच विधानबारे छलफल नै नगराउने वा अन्तिम समयमा प्रस्ताव ल्याएर हतारमा पास गराउने आशंका चर्चामा थियो । त्यही बेला सभापति शेरबहादुर देउवाले बैठक स्थगितको सूचना दिन खोज्दा नाराबाजी समेत भएको थियो । उनले प्रयोग गरेको माइकमा आवाज थिएन भने हलबाट चर्को हुटिङ भएको थियो ।

तर, पार्टी नेतृत्व र जिल्ला सभापतिहरुबीच भएको वार्तामा बैठक केही दिन लम्ब्याउने सहमति भएको छ ।



from Online Khabar https://ift.tt/2PKTDi6
via IFTTT

No comments:

Post a Comment