Monday, December 31, 2018

राष्ट्रपति राजाभन्दा विलासी : पशुपतिशम्शेर

१६ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिहमशेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारीको विलासीपनले मुलुकमा नयाँ प्रश्न जन्माएको टिप्पणी गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लबमा आयोजित साक्षतकारमा उनले भने,‘गणतन्त्रकी राष्ट्रपति किन महंगी बन्दै हुनुहुन्छ ? करोडौंका गाडी चाहिने ? अर्बौको हेलिकप्टर खरिद गर्नुपर्ने ? अहिलेको विशाल शितलनिवास राष्ट्रपतिज्यूलाई सानो भयो अरे ? प्रहरी तालिम केन्द्र पनि उहाँलाई नै चाहिने भयो भन्ने सुनिँदैछ, यो कस्तो विलाशी हो ?’

राणाले अगाडि भने, ‘राजतन्त्रको बेलामा नभएका दृश्यहरु गणतन्त्रमा देख्न पाईएका छन्, राष्ट्रपतिलाई सुविधानै सविधा चाहिने अनि दशैंमा जनतालाई घुँडा टेकाउने ? यस्तो राष्ट्रपतीय प्रणालीले के गर्न खोज्दैछ ? अब शंका जन्मिँदैछ ।’

अध्यक्ष राणाले दुई तिहाई बहुमतको वर्तमान सरकारले सिन्कोसमेत भाँच्न नसकेको गम्भीर आरोप लगाएका छन् । राणाले २०४७ सालपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा बनेको सबैभन्दा शक्तिशाली वर्तमान सरकारले काम गर्न नसकेको भन्दै यस्तो आरोप लगाएका हुन ।

राणाले नेपाललाई हिन्दूराज्य कायम गर्नुको विकल्प नभएको पनि दाबी गरेका छन् । उनले नेपाली कांग्रेसको महासमिति बैठकमा हिन्दुराज्यको बारेमा बहस हुनुले सकारात्मक सन्देश प्रवाह गरेको भन्दै प्रजातन्त्रवादीहरु अब एक ठाउँमा उभिनुपर्ने समय आएको पनि बताए ।



from Online Khabar http://bit.ly/2Qfglim
via IFTTT

No comments:

Post a Comment