Friday, December 21, 2018

गुन्डा नाइके दिपक मनाङ्गेलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

६ पुस, काठमाडौं । चर्चित गुन्डा नाइके दिपक मनाङ्गे उर्फ राजिव गुरुङ थुनामुक्त भएका छन् ।

सर्वोच्च अदालतले उनलार्इ थुनामुक्त गर्न आदेश दिएपछि उनलाई छाडिएको कारागार स्रोले अनलाइनखबरलार्इ बतायो । उनलाई ७ वैशाखमा काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको थियो ।

प्रदेश ४ का प्रदेशसभा सदस्य समेत रहेका मनाङ्गे ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा डिल्ली बजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए ।

अघिल्लो वर्ष माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । त्यसलगतै फरार भएका उनले सांसदको सपथ समेत लिन पाएनन् ।

सर्वोच्चको फैसलापछि उनी सुरुमा सिक्किम पुगेका थिए । ठाउँ फेर्दै प्रहरीको आँखा छल्दै हिँडेका उनी बिहीबार स्वयम्भूबाट पक्राउ परेका थिए ।

के हो मुद्दा ?

दीपक मनाङ्गेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार होनेको थियो । प्रहरीले मनाङ्गे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गर्‍यो तर, जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङ्गेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।

त्यो फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गयो । अदालतले ०६९ मा ज्यानमुद्दा ठहर गर्दै मनाङ्ग्ेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गर्‍यो ।

सरकारी वकिलको कार्यालय मनाङ्गे बाहेकका चार जनालाई पनि सजाय मागगर्दै सर्वोच्च गएको थियो । त्यही मुद्दामा मंगलबार न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले पुनरावेदनकै फैसला सदर गरेको हो ।



from Online Khabar http://bit.ly/2UYpaAM
via IFTTT

No comments:

Post a Comment