Thursday, January 31, 2019

विवेकशील साझाले भन्यो : डा. केसीको जीवन रक्षा गर्न तत्काल कदम चाल

१७ माघ, काठमाडौं । विवेकशील साझा पार्टीले अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि तुरून्त कदम चाल्न सरकारलाई आग्रह गरेको छ ।

बिहीबार विज्ञप्ति जारी गरी उक्त पार्टीले प्रतिनिधिसभाबाट पारित गरिएको विधेयकले सीमित नेता र व्यापारीको हित तथा आम जनताको अहित हुने भएकाले त्यसलाई राष्ट्रियसभाबाट सच्याउनु पर्ने बताएको छ ।

‘चिकित्सा शिक्षा विधेयक जुन ढङ्गबाट सरकारले जबरजस्ती पारित गर्‍यो, त्यो सीमित नेता र व्यापारीको हित र आम जनताको अहित हुने कार्य भएको निष्कर्ष निकालेको छ’ पार्टी प्रवक्ता सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विवेकशील साझा पार्टीले आफ्नो समर्थनमा राष्ट्रियसभामा पुगेका राधेश्याम अधिकारीलाई बिहीबार राष्ट्रिय सभामा हुने छलफलमा डा गोविन्द केसीसँगको संझौता पालना गर्न सक्दो दबाब दिन आग्रह गरेको पनि जनाएको छ ।

बिहीबार ११ बजे पार्टी कार्यालयमा अधिकारीसँग भएको छलफलमा अधिकारीले डा केसीको मागको पक्षमा आफूले संशोधन प्रस्ताव दर्ता गरिसकेको जानकारी गराएका थिए । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले राष्ट्रिय सभाले चाहेमा प्रतिनिधसभाबाट भएको गल्ती सच्याउन सक्ने ठाउँ रहेको बताएका छन् ।



from Online Khabar http://bit.ly/2G08On1
via IFTTT

No comments:

Post a Comment