Thursday, January 31, 2019

सत्ती भन्सारले संकलन गर्‍यो तीन महिनामा दुई करोड राजश्व

१७ माघ, कैलाली । कैलालीको अर्को व्यापारिक नाका सत्ती भन्सार कार्यालयले गएको साढे तीन महिनामा करिब दुई करोड राजश्व संकलन गरेको छ ।

सत्ती भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत बसन्त केसीले कर्मचारीको अभावमा सोचेजस्तो राजश्व संकलन गर्न नसकेको बताए ।

उनले गत कात्तिकदेखि माघको १५ गतेसम्म भन्सार कार्यालयले एक करोड ९० लाख ६१ हजार ८२५ रुपैयाँ राजश्व संकलन गरेको जानकारी दिए । खुला सिमाना र प्रयाप्त कर्मचारी नहुँदा राजश्व संकलनमा केही कमि आएको उनको भनाइ छ ।

कात्तिक महिनाको अन्त्यतिर भन्सारसंगै सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पी. बेश क्याम्पको स्थापना भएपछि राजश्व संकलनमा वृद्धि भएको बताउँदै भन्सार अधिकृत केसीले सशस्त्र प्रहरीको उपस्थितिले चोरी निकासी नियन्त्रण भएको बताए ।

नेपालतर्फको बाटो पक्कि बनेपनि भारततर्फको बाटो अझै निर्माण नभैसकेका कारण वर्षायाममा समान आयातमा समस्या हुने गरेको भन्सार अधिकृत केसीले बताए ।

सशस्त्र प्रहरीको बेश क्याम्प स्थापना भएपछि कात्तिकदेखि माघ १५ गतेसम्ममा विभिन्न नाकाबाट १८ लाख ७६ हजार ४५ रुपैयाँ बराबरको समान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी. बेश क्याम्पका प्रमुख सशस्त्र प्रहरी निरीक्षक धोजबहादुुर शाहीले जानकारी दिए ।

छोटी भन्सारको रुपमा रहेको सत्ती भन्सारलाई मुख्य भन्सारका रुपमा स्थापना गरेपनि कर्मचारीको अभावका कारण सुुरुदेखि नै समस्या झेल्दै आइरहेको भन्सार अधिकृत केसीले बताए ।

विभागले दरबन्दी अनुसार कर्मचारी नपठाउँदा प्रशासनिक काममा कठिनाइ आएको बताउँदै केसीले अहिले पनि ७ जना नायब सुब्बाहरुको दरबन्दी रिक्त रहेकोले कर्मचारीहरु पठाइदिन विभागलाई पत्राचार गरेको बताए ।



from Online Khabar http://bit.ly/2RYLfBy
via IFTTT

No comments:

Post a Comment