१३ माघ, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट धानसँगै लुकाएर ल्याएको ठूलो परिमाणमा कपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरीले ना २ त १६४८ नम्बरको ट्याक्टरमा धानको बोराले छोपेर ल्याउँदै गरेको ५० बण्डल कपडा बरामद गरेको हो । सशस्त्र प्रहरीले ट्याक्टर चालक सोनालाल राउत कुर्मीलाई पनि नियन्त्रणमा लिएको छ ।
अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको साडी, कुर्ता सलवार, सर्टिङ सुटिङ, सर्ट पाईन्टका थान कपडा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको कपडाको बजार मुल्य ६० लाख रुपैयाँ हुने प्रहरीको अनुमान छ ।
वीरगञ्ज पोखरीया सडक खण्ड अन्र्तगत वीरगञ्ज महानगरपालिका १७ बाट अवैध रुपमा भित्र्याएको ५० बण्डल कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालय महोत्तरी नं २ बाहिनीका डिआईजी प्रविन श्रेष्ठले जानकारी दिए ।
‘माथि धानको बोरा र तल कपडाको बण्डल राखिएको रहेछ’ उनले भने ‘विशेष सुराकीको आधारमा बरामद गर्न सफल भयौं ।’
ट्याक्टरमा ओभरलोड भएका कारण बेरिङ भाचिएर सडकमा रोकिराखेको अवस्थामा सशस्त्र प्रहरीको टोली पुगेको थियो ।
बरामद गरिएको कपडा र ट्याक्टर चालकलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी निरीक्षक पुरुषोत्तम रेग्मीले जानकारी दिए ।
from Online Khabar http://bit.ly/2RVFSCX
via IFTTT
No comments:
Post a Comment