Tuesday, January 1, 2019

चौंथो खेलमा पनि सन्दीपको शिकार बने विपक्षी कप्तान

१७ पुस, काठमाडौं । अष्ट्रेलियाको बिग ब्यासमा चम्किरहेका नेपाली लेगस्पिनर सन्दीप लामिछानेले लगातार चौंथो म्याचमा विपक्षी कप्तानलाई शिकार बनाएका छन् । आजको म्याचमा मेलबर्न रिनेगेट्सका कप्तान टम कुपरलाई उनले शानदार बोल्ड गरे ।

प्रतियोगिताको विकेट तालिकामा सन्दिप चौंथो स्थानमा छन् । मेलबर्न स्टार्सबाट खेलिरहेका उनको विकेट संख्या आठ पुगेको छ । अफगानिस्तानका रसिद खान सन्दिपभन्दा पछाडि छन् । अघिल्ला तीनै म्याचमा विपक्षी कप्तान उनको बलिङमा आउट भएका थिए ।



from Online Khabar http://bit.ly/2VmXaXV
via IFTTT

No comments:

Post a Comment