१३ माघ, काठमाडाैं । नेपाल विद्यार्थी संघले आइतबार पनि सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
विहान विभिन्न कलेजमा प्रदर्शनसहित प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको नेविसंघले दिउँसो माइतिघरबाट नाराबाजीसहित नयाँबानेश्वरसम्म प्रदर्शन गरेको हो ।
चिकित्सा शिक्षा विधेयक संसदबाट पास गरेको बिरोधमा नेविसंघले बिरोध प्रदर्शन गरेको हो । माउ पार्टीले आन्दोलनको चेतावनी दिइरहेका बेला नेविसंघले प्रदर्शन गरिरहेको छ ।
शनिबार पनि त्रिभूवन विमानस्थलमा नेविसंघले प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको थियो ।
प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोडेका केही कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको नेविसंघले जनाएको छ ।
from Online Khabar http://bit.ly/2RfEHsN
via IFTTT
No comments:
Post a Comment