१८ पुस, काठमाडौं । चिनी उद्योगीहरुले अत्याधिक घाटामा गएकाले चिनी उद्योग सञ्चालन गर्न नसकिएको स्पष्टिकरण दिएका छन् । नेपाल चिनी उद्योग महासंघका अध्यक्ष शशीकान्त अग्रवालले अत्याधिक घाटामा गएकाले चिनी उद्योग सञ्चालन गर्न सकिने अवस्था नरहेको बताएका हुन् ।
बुधबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले चिनीको यथार्थपरक मूल्य नतोक्ने हो भने उखु कृषकहरुको बक्यौता रकम तिर्न नसक्ने पनि दावी गरे ।
उखु किसानहरुको बक्यौता रकम तीर्न संसदीय समितिले पटक–पटक चिनी उद्योगहहरुलाई सचेत गराउँदै आएको छ । तर महासंघका अध्यक्ष अग्रवालले चिनी घाटामा बिक्री गर्नु परेकाले किसानहरुको बक्यौता रकम दिन नसकिने बताए ।
सरकारले प्रतिकेजी चिनीको मूल्य ५५ रुपैयाँ तोकिदिएको छ । अध्यक्ष अग्रवालले सोही मूल्यमा चिनी विक्री गर्दा आफूहरु मारमा परेको पनि स्पष्ट पारे । उनले प्रतिकेजी चिनीको उत्पादन लागत नै ५५ रुपैयाँभन्दा बढी पर्न जाने भन्दै तत्काल चिनीको मूल्य यथार्थपरक बनाउन पनि सरकारसँग माग गरे ।
महासंघले चिनीको वैज्ञानिक मूल्य निर्धारण गर्न स्थलगत अध्ययनमा जान पनि समितिलाई आग्रह गरेको छ । अध्यक्ष अग्रवालले चिनीको मूल्यमा पुनर्विचार नभए यसको उद्योग सञ्चालन गर्न नसकिने पनि स्पष्ट पारे ।
from Online Khabar http://bit.ly/2F0Od1j
via IFTTT
No comments:
Post a Comment