Monday, January 28, 2019

अमेजनमा सामान अर्डर गर्दा रोबोटले गर्न थाल्यो डेलिभरी

इ- कमर्श कम्पनी अमेजनले रोबोटबाट ग्राहकहरुको घरसम्म सामानहरु पुर्‍याउने सेवाको परीक्षण सुरु गरेको छ । अमेरिकाको वाशिङटन राज्यमा अमेजनले आफ्नो डेलिभरी रोबोट स्काउटको परीक्षण सुरु गरेको हो ।

वाशिङटन राज्यको नोहोमिस काउन्टीमा विभिन्न ६ वटा स्वचालित रोबोट ट्रकबाट ग्राहकको घरसम्म सामानहरुको पूर्‍याउन सुरु गरिएको छ ।

सुरुवातमा ती आपूर्ति रोबोटहरु दिनको समयमा मात्र सञ्चालित हुनेछन् र सुरुवातमा अमेजनका कर्मचारी पनि रोबोटको सहयोगमा खटिनेछन् । रोचक त के भने यी रोबोट ट्रकहरु मूल सडकबाट नभै सडकपेटीबाट गुड्नेछन् ।

अमेजनका उपाध्यक्ष सिन स्कटका अनुसार स्काउट रोबोट ट्रकहरु अमेजनको सिएटलस्थित अनुसन्धान तथा विकास ल्याबमा तयार गरिएको हो । यो रोबोटले सडक पेटीमा गुडिरहँदा बाटोमा रहेका मानिस, कुकुरहरु तथा अन्य चिजवस्तुलाई समेत राम्रोसँग पहिचान गर्नसक्दछ र दुर्घटनाको सम्भावना रहेको छैन ।

एउटा विज्ञापनिक भिडियोमा अमेजनको स्काउट रोबोटले ग्राहकको घरसम्म सामान पूर्‍याएको र सामानको क्रेता घरबाहिर निस्किएलगत्तै रोबोटको ढोका स्वचालित रुपमा खुल्ने र क्रेताले आफ्नो सामान आफै निकाल्न सक्ने देखिएको छ ।

यद्यपि रोबोटको उक्त डेलिभरी प्रक्रिया कसरी हुन्छ भन्ने कुराको विस्तृत विवरण दिइएको छैन । साथै यदि ग्राहक उक्त समयमा घरमा नभएमा सामान लिएर गएकेा रोबोटले के गर्छ ? भन्ने कुरा पनि बताइएको छैन ।

यद्यपि स्काउट मात्र एउटा रोबोट होइन जसले बजारमा सामानहरुको आपूर्ति गर्दछ । रोबोट कम्पनी स्टारर्ससीप टेक्नोलोजिजले हालै दुई दर्जन यस्ता स्वचालित रोबोटहरु उत्पादन गरेको छ जसले भर्जिनियास्थित कलेजका विद्यार्थीलाई कफी र पिज्जा डेलिभरी गर्दछ ।

जर्ज म्यासन विश्वविद्यालयका क्याम्पस हातामा एपमार्फत अर्डर गरिसकेपछि रोबोटले सामान डेलिभर गर्दछ ।

त्यस्तै सन फ्रान्सिस्कोमा यसअघि नै विभिन्न प्रविधि कम्पनीहरुले डेलिभरी रोबोट बनाएर प्रयोगमा ल्याइरहेका छन् । यद्यपि यस्ता स्वचालित रोबोटहरु बाटोमा गुडिरहँदा आउने सुरक्षा चुनौतिको बारेमा आलोचना पनि भैरहेको छ । बीबीसी

 



from Online Khabar http://bit.ly/2DFCzXR
via IFTTT

No comments:

Post a Comment