२१ पुस, पोखरा । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखलले वाइडबडी प्रकरणमा अनावश्यक हल्ला फैलाइएको दाबी गरेका छन् ।
उपसमितिको निर्णयलाई लेखा समितिकै अन्तिम निर्णय जसरी प्रचार गरिएको भन्दै राजनीतिक उद्देश्य मिसिएको हुनसक्ने बताए । ‘उपसमितिको निर्णयलाई अदालतको फैसला जसरी प्रचार गरिएको छ’ पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री पोखरेलले भने, ‘यो कम्युनिस्ट पार्टीको सरकारलाई बद्नाम बनाउने उद्देश्यले प्रतिवेदन आएको भान हुन्छ, यदि त्यस्तो भए प्रतिवाद गरिन्छ ।’
सरकारलाई बद्नाम गराउने गरी प्रचार भएकाले सत्य तथ्य छानविनका लागि स्वतन्त्र आयोग बनाएको उनले बताए । नेकपा सचिवालय सदस्य समेत रहेका पोखरेलले दोषी देखिए आˆनो पार्टीको वा अरु कोही भनेर छुट नदिइने प्रष्ट्याए ।
उपप्रधानमन्त्री पोखरेलले संक्रमण कालको फाइदा उठाएर कम्युनिष्टको बदनाम गर्ने तत्व सल्बलाएको बताए ।
‘अहिले बदनाम गरियो भने यसको नजिर नराम्रो बस्छ । अनि यसैलाई देखाएर बषौंसम्म पेल्न पाइन्छ भन्ने उनीहरुको निस्कर्ष छ, हामी त्यस्तो हुन दिनेवाला छैनौं, राम्रो नगर्ने छुट हामीसँग छैन’, उनले भने, ‘यस्तोबेला पार्टीको नेतृत्वदेखि तल्लो तहका कार्यकर्ता सबैले सम्हालिएर बोल्नुपर्छ, प्रतिकृया दिनुपर्छ ।’
from Online Khabar http://bit.ly/2LRfNPe
via IFTTT
No comments:
Post a Comment