२४ पुस, काठमाडौं । काठमाडौंको टोखा–११, भण्डारी टोलीमा आगो ताप्ने हिटर पड्किँदा आगलागी भएको छ । मंगलबार बिहान स्थानीय मुकुन्दराज घिमिरेको घरमा आगलागी भएको हो ।
काठमाडौं प्रहरी परिसरका अनुसार घरमा एक्कासि हिटर पड्किँदा आगलागी भएको थियो ।
घटनामा लत्ताकपडा, टीभी, ग्याँसचुसो लगायत जलेर करिब २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
from Online Khabar http://bit.ly/2Ffkykq
via IFTTT
No comments:
Post a Comment