Saturday, January 12, 2019

प्रेमा शाहको जीवनीमा आधारित डकुमेन्ट्री सार्वजनिक

नेपाली साहित्य क्षेत्रको एक धरोहर अर्थात् अभिनेत्री जल शाहको आमा स्व. प्रेमा शाहमा आधारित रहेर निर्माण गरिएको डकुमेन्ट्री ‘सम्झनामा प्रेमा शाह’ सार्वजनिक भएको छ । यस डकुमेन्ट्रीमा प्रेमाको जीवन संघर्ष र उनले गरेको कामलाई साहित्य क्षेत्रका मुर्धन्य व्यक्तीहरुले आˆनो धारणा राखेका छन् ।

सहासी महिला लेखकको रुपमा आफ्नो बलियो छाप बनाएकी प्रेमाको ‘पहेंलो गुलाब’ निकै रुचाइएको थियो । उनीद्वारा लिखित ‘आऊ मलाई सम्भोग गर’ले नेपाली साहित्यमा निकै तहल्का मच्चायो भने उनको ‘सम्भोग’ नामक कथा पनि निकै रुचाइएको थियो ।

सन् २००१ सालमा विरगञ्जको श्रीपुरमा जन्मिएकी प्रेमाले कथा संग्रह ‘विषायान्तर’, लघु उपन्यास ‘ममी’, संयुक्त लेखन उपन्यास ‘आकाश विभाजित छ’, हिन्दी नाटक ‘चित्रङदा’ को नेपाली अनुवाद, बाल कथाहरू ‘मन्टुकी बजैको कथाको पटारो’, ‘जिंकी र ‘जोकर’, ‘राम्रो काम’, बाल उपन्यासहरू ‘मनु र भँगेरा’, ‘आनन्दको आविष्कार’ लगायतका कृतिहरु प्रकाशित गरेकी छिन् ।

केही वर्षदेखि अमेरिकामा आˆनो छोरी जलसँग बस्दै आएकी प्रेमाले २०७४ पुस ५ गते यस संसारबाट बिदा लिएकी थिइन् ।

हेर्नुहोस् डकुमेन्ट्री भिडियो 



from Online Khabar http://bit.ly/2AFBUUA
via IFTTT

No comments:

Post a Comment