२१ पुस, काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल)को अक्सनमा ललित भण्डारी, ललित राजवंशी, पवन सराफ र भीम सार्कीमाथि महंगो बोली लागेको छ ।
शनिबार भएको अक्सनमा आरिफ शेख र बिनोद भण्डारीमाथि पनि समान २ लाख ५० हजारको बोली लागेको छ । घरेलु लिगमा आरिफ र विनोद यसअघि पनि महंगा खेलाडी थिए तर, यो पटक ललित भण्डारी, ललित राजवंशी, पवन सराफ र भीम सार्की पनि यो सूचीमा अटाउन सफल भएका छन् ।
महंगा ६ खेलाडी मध्ये तीन जना रुपन्देही च्यालेन्जर्समा छन् । ललित भण्डारी, विनोद भण्डारी र भीम सार्कीलाई उसले गोलाप्रथाबाट आफ्नो टिममा पारेको हो ।
यसैगरी आरिफ शेख महेन्द्रनगर युनाइटेडमा आवद्ध भएका छन् भने ललित नारायण भण्डारी कठमाडौं गोल्डेन र पवन शरार्फलाई धनगढी स्टारले पाएको छ ।
प्रदिप ऐरीलाई रुपन्देहीले २ लाख ४० हजारमा किनेको छ भने रोहितकुमार पौडेललाई महेन्द्रनगरले २ लाख ३० हजारमा लिएको छ ।
यसैगरी सीबाईसी अत्तरियाले सन्दीप जोशरालाई २ लाख ३० हजार र भुवन कार्कीलाई २ लाख १० हजारमा किनेको छ ।
from Online Khabar http://bit.ly/2FbYZ40
via IFTTT
No comments:
Post a Comment