Tuesday, January 1, 2019

खेतमा लुकाएको पेस्तोल बरामद

१७ पुस, महोत्तरी । महोत्तरीमा प्रहरीले एकथान नलकटुवा पेस्तोल बरामद गरेको छ । खेतमा लुकाइराखेको अवस्थामा हतियार बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सम्सी गाउँपालिका ७ स्थित झाडीमा लुकाइराखेको म्याग्जिन प्रयोग हुने नलकटुवा पेस्तोल प्रहरीले बरामद गरेको हो । हतियार आपराधिक क्रियाकलापमा प्रयोग गर्न ल्याएको हुन सक्ने वा प्रयोग गरेर लुकाइराखेको हुनसक्ने जनाएको छ ।

प्रहरीले हतियार बरामद भएको घटनामा थप अनुसन्धान भइरहेको बताएको छ ।



from Online Khabar http://bit.ly/2VfTp6m
via IFTTT

No comments:

Post a Comment