Friday, January 11, 2019

बसले किचेर तनहुँमा एक किशोरको मृत्यु

२७ पुस, दमौली । तनहुँमा आज (शुक्रबार) बिहान बसले किचेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको बन्दीपुर गाउँपालिका–४ पिप्लेका १५ वर्षीय विश्वास थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आफ्नै बुवा बलक थापाले घर अगाडि रोकिराखेको ग१ख ४६५८ नंको बस पछाडि हटाउने क्रममा किचिएर विश्वास घाइते भएका थिए । थापाको उपचारको क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । ठक्कर दिने बस र बुवा प्रहरी नियन्त्रणमा छन् ।



from Online Khabar http://bit.ly/2FtPs8V
via IFTTT

No comments:

Post a Comment