१९ पुस, काठमाडौं । घरेलु टोली अष्ट्रेलियासँगको अन्तिम तथा चौथो टेष्ट क्रिकेटको पहिलो दिनको समाप्तिसम्म भारतले ठूलो स्कोर बनाएको छ ।
सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो दिनको समाप्तिसम्म चार विकेटको क्षतिमा ३०४ रन बनाएको छ । भारतको लागि चेतेश्वर पुजराले इनिङ्स उकासेका छन् ।
भारतको इनिङ्स सम्हाल्ने क्रममा पुजराले अविजित १३० रन बनाएका छन् । त्यस्तै, भारतका लागि मयंक अग्रवालले ७७ रन बनाए । हनुमा विहारी भने ३९ रनमा अविजित छन् ।
१० रन हुदा पहिलो विकेटको रुपमा लोकेश राहुललाई गुमाएको भारतले कप्तान विराट कोहलीलाई पनि ब्यक्तिगत २३ रनको स्कोरमा गुमाएको थियो । शुक्रबार भारतले यही स्थितिबाट ब्याटिङ थाल्ने छ ।
अष्ट्रेलियाका लागि जोश हज्लेवोडले दुई विकेट लिए ।
चार खेलको टेष्ट क्रिकेट शृंखलामा भारत २-१ ले अघि रहेको छ ।
from Online Khabar http://bit.ly/2QjMUfb
via IFTTT
No comments:
Post a Comment