१४ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टीले संसदीय मर्यादालाई ध्वस्त पार्न लागिपरेको आरोप लगाएको छ ।
नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सरकार र संसदको नेतृत्वले संसदको मर्यादा ध्वस्त पार्न लागेको आरोप लगाएका हुन् । सरकार र संसदको नेतृत्व कम्युनिस्ट पार्टीका नेताहरुको भागमा परेकाले संसदीय मर्यादा नराखेको उनले आरोप लगाए ।
‘संसदलाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल हो भनेर सिद्धान्तमा उहाँहरुले भन्नुहुन्थ्यो । त्यो कुरालाई प्रमाणित गर्दैहुनुहुन्छ’ पाण्डेले भने ।
सोमबार राष्ट्रियसभामा कांग्रेसको विरोधका बाबजुद चिकित्सा शिक्षा विधेयक पेश भएपछि उनले कम्युनिस्ट नेतृत्वले संसदीय मर्यादा नराखेको आरोप लगाएका हुन् । ‘गत ७ गते यही कुरा उठेपछि अध्यक्षले आजसम्म बैठक स्थगित गर्नुभयो । तर, बलजफ्ती रुपमा सदनमा ल्याएर यसलाई पास गर्ने प्रयत्न गरियो । यसले संसदीय मूल्य मान्यतालाई उलंघन गरेको छ’ उनले भने ।
पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइारालाको नामको अस्पताल केन्द्रीय सरकार मातहत रहने भन्ने निर्णय नहुँदासम्म विरोध जारी राख्ने उनले बताए ।
from Online Khabar http://bit.ly/2WoRUDt
via IFTTT
No comments:
Post a Comment