Thursday, January 10, 2019

राष्ट्रपति भण्डारीसँग जापानी विदेशमन्त्रीको भेट

२६ पुस, काठमाडौं । नेपाल भ्रमणमा रहेका जापानी विदेशमन्त्री  तारो कानोले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटवार्तामा दुई देशबीचको  सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । उक्त भेटका अवसरमा नेपाल सरकार तथा जापान सरकारका उच्च पदस्थ अधिकारीसमेत सहभागी थिए ।

जापानी विदेशमन्त्री तारो कानो दुई दिनअघि नेपाल भ्रमणमा आएका थिए । बुधबार जापान र नेपालबीच हवाइसम्झौता लगायतका सम्झौतासमेत भएको छ ।



from Online Khabar http://bit.ly/2SJiTHC
via IFTTT

No comments:

Post a Comment