२३ पुस, काठमाडौं । प्रहरीले बाहिर सक्कली डलर र भित्र कागजको बिटा राखेर ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीका कुमसिंह घिसिङ र प्रेमबहादुर तामाङ छन् ।
महानगरीय प्रहरी प्रभाग, गोंगबुको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । अनुसन्धानमा खटिएका अधिकारीहरुका अनुसार उनीहरुले सक्कली डलर हो भनेर मानिसहरुलाई झुक्काएर रकम असुली गर्दै आएका थिए ।
हालसम्म उनीहरुले २० लाखभन्दा बढी ठगी गरिसकेको खुलेको प्रहरीको भनाइ छ । उनीहरुले लामो समयदेखि राजधानीको विभिन्न ठाउँमा डलर साटिदिन्छु भनेर एकान्तमा लगेर लुटपाट समेत गर्दै आएको बताइएको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
from Online Khabar http://bit.ly/2TBnhID
via IFTTT
No comments:
Post a Comment