२२ पुस, जाजरकोट । जुनिचाँदे गाउँपालिकाको प्रशासकीय केन्द्र राख्ने सम्बन्धमा उठेको विवादमा सहमति जुटाउन जनप्रतिनिधिको टोली अहिले काठमाडौं गएको छ ।
लुहादह वा सानाखोलामा प्रशासकीय केन्द्र राख्ने भन्ने विषयमा विवाद भएका कारण जनप्रतिनिधिको टोली सहमति जुटाउन काठमाडौँ गएको हो । शुक्रबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग जनप्रतिनिधिलेको टोलीले छलफल गरे पनि सहमति जुट्न सकेको थिएन ।
एघार वटा वडा रहेको सो गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित आठ वडाध्यक्षले लुहादहमा र तीन वडाध्यक्षले सानाखोलामा केन्द्र राखिनुपर्नेमा जोड दिएका वडा ५ का वडाध्यक्ष राजबहादुर शाहीले बताए ।
उक्त गाउँपालिकाको बैठकबाट बहुमत जनप्रतिनिधिले लुहादहमै प्रशासकीय केन्द्र बनाउने निर्णय गरेर सहमति जुटाउन कर्णाली प्रदेशमा असार ३० गते पठाएकामा उक्त प्रदेशले सो निर्णयलाई केन्द्रसम्म नपुर्याउँदा अहिलेसम्म उक्त गाउँपालिकाको प्रशासकीय केन्द्रको विषयमा टुङ्गो लाग्न नसकेको हो ।
बहुमत जनप्रतिनिधिले गरेको निर्णय अहिलेसम्म रोकेर हाम्रा काममा अवरोध तुल्याइएको लुहादह केन्द्र पक्षका जनप्रतिनिधिको भनाइ छ ।
राजपत्रमा उक्त गाउँपालिकाको केन्द्र पराले भनेर तोकिएकामा उक्त गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले पराले पायक पर्ने ठाउँ नभएकाले लुहादहमै राख्नुपर्ने भनी गरिएको निर्णय अहिलेसम्म रोकेर बहुमत जनप्रतिनिधिको भावनामा चोट पुर्याएको बताए ।
from Online Khabar http://bit.ly/2TyklwE
via IFTTT
No comments:
Post a Comment