१४ माघ, काठमाडौं । तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाल विरुद्ध ब्याटिङ गरेको युएईको चौथो विकेट पतन भएको छ ।
आईसीसी क्रिकेट एकेडेमीमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईका चौथो विकेटको रुपमा मोहम्मद उस्मान आउट भएका हुन् । उनले १८ रन बनाएर आउट भए । नेपालका लागि कप्तान पारस खड्काले विकेट लिए । यसअघि घुलाम शब्बेर १८ रनमा आउट भएका थिए । उनको विकेट नेपालका सन्दीप लामिछानेले विकेट लिएका थिए ।
यसअघि युएईका दुई ओपनर ब्याट्सम्यान शुन्य रनमै आउट भए । पहिलो विकेटको रुपमा अष्फाक अहमद शुन्य रनमै आउट भएका थिए । त्यस्तै, चिराग सुरी पनि शुन्य रनमै आउट भएपछि युएई दबाबमा आएको थियो ।
नेपालका लागि सोमपाल कामी र करण केसीले विकेट लिएका छन् ।
२१ ओभरको समाप्तिसम्म युएईले चार विकेटको क्षतिमा ४८ रन बनाएको छ ।
from Online Khabar http://bit.ly/2CNocz7
via IFTTT
No comments:
Post a Comment