Wednesday, January 2, 2019

माछापुछ्रे बैंकको कोटेश्वर शाखाको उद्घाटन

१८ पुस, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले काठमाडौंको कोटेश्वरमा नयाँ शाखा स्थापना गरेको छ ।  बैंकले बुधबार कोटेश्वर शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको हो ।

बैंकका सञ्चालक राम मान श्रेष्ठले कोटेश्वर शाखाको उद्घाटन गरे । नयाँ शाखामार्फत बैंकले आˆना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराउने बैंकले जनाएको छ ।

बैंकका अनुसार उक्त शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरीएको छ । यससँगै काठमाडौं उपत्यकाभित्र बैंकको शाखा सङ्ख्या १८ पुगेको छ ।



from Online Khabar http://bit.ly/2F5sg0x
via IFTTT

No comments:

Post a Comment