Thursday, January 3, 2019

वाइडबडी खरिदमा दोषीलाई पदमुक्त गर्द विवेकशील साझाको माग

१९ पुस, काठमाडौं । विवेकशील साझा पार्टीले नेपाल वायुसेवा निगमको दुई वटा वाइडबडी खरिद प्रकरणका दोषीलाई कार्यभार मुक्त गर्न माग गरेको छ ।

उक्त पार्टीको बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘संसदीय छानबिन उपसमितिले दोषी औंल्याएका सबैलाई तत्काल कार्यभारबाट मुक्त गरी निष्पक्ष कानूनी र न्यायिक प्रक्रिया यथाशीघ्र अघि बढाउन सरकारकासँग जोडदार माग गर्दछ ।’

पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा सार्वजनिक खरिद प्रक्रियामा बारम्बार यो तहको भ्रष्टाचार हुनुले राज्य प्रणाली भ्रष्टाचारको चरम विकृतिले थलिएको स्पष्ट देखिएको उल्लेख छ ।

यस्तो विकृतिलाई जरैदेखि उखेल्न, आमजनता, नागरिक समाज र राजनीतिक दलले आआफ्नो ठाउँबाट गम्भिर र सार्थक पहल गर्न आवश्यक रहेको विवेकशील साझा पार्टीको ठहर छ ।



from Online Khabar http://bit.ly/2LPsxWq
via IFTTT

No comments:

Post a Comment