२० पुस, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले आन्तरिक शान्ति र व्यवस्थासम्बन्धी विधेयकका व्यवस्था संघीयताको विरोधी रहेको भन्दै त्यसलाई सच्याउन माग गरेको छ ।
राष्ट्रियसभाको बैठकमा शुक्रबार बोल्दै राजपा नेता वृशेषचन्द्र लालले हरेक जिल्लामा संघीय सरकारको प्रतिनिधि राख्नैपर्ने, जिल्लाका कार्यालय प्रमुख जिल्ला अधिकारी मातहत राख्नेलगायतका व्यवस्थ संघीयताविरोधी रहेको बताएका हुन् ।
‘यो संघीयताको खिलाप हो र एकात्मक शासन पणालीको मानसिकता अनुसारको हो, त्यसको विरोध राजपा नेपालले गर्दछ’ उनले भने ‘यसमा पुनर्विचार गरियोस् यसलाई सुधार गरेर संघीय व्यवस्थाको मर्मअनुसार नै विधेयक ल्याइयोस् ।’
प्रमुख जिल्ला अधिकारीलाई शक्तिशाली बनाएर राणाकालीन बडाहाकिमजस्तो बनाउन खोजेको नेता लालले बताए । सरकार अहिले पनि कसरी एकात्मक शासन प्रणालीलाई बचाइराख्न खोजेको आरोप लगाए । ‘राजनीतिक नेतृत्व र कर्मचारीहरु संघीय संरचना अनुरुप रुपान्तरण हुनुपर्नेमा सारा कुरा केन्द्र अन्तर्गत नै राखौं भन्ने देखिन्छ । यसमा परिवर्तन आवश्यक छ’ सांसद लालले भने ।
संघीय सरकारले प्रदेश सरकारसँग दूरी राख्न खोज्नु राम्रो नहुने भन्दै नेता लालले जिल्ला जिल्लाको शान्ति व्यवस्थाको ब्रिफिङ केन्द्र सरकारले प्रदेशमार्फत लिन सक्ने बताए ।
‘जिल्लामा किन चाहियो संघीय प्रतिनिधि, संघीय सरकारले प्रदेश सरकारलाई आफूभन्दा अलग किन ठान्छ, किन दूरी राख्न चाहन्छ ?’ उनले प्रश्न गरे ‘किन सारा कार्यालयलाई संघीय सरकार अन्तर्गत राखेर प्रदेश सरकारलाई किन पंगु बनाउन चाहन्छ उसको जिम्मेवारी कर्तव्य पालनामा अवरोध खडा गर्न चाहन्छ ?’
from Online Khabar http://bit.ly/2TmnejU
via IFTTT
No comments:
Post a Comment