हिन्दी भाषामा गीत रेकर्ड गराएर त्यसलाई सार्वजनिक गर्नु र बलिउडकै गीतमा नृत्य गर्नु फरक हो । भारतमा बस्दै आएका नेपाली कलाकार शंकर लामिछानेले हिन्दी भाषामा गीत तयार गरेर भिडियो बनाएर सार्वजनिक गर्दै आएका छन् ।
उनै शंकरको शब्द तथा संगीतमा तयार भएको ‘हर लम्हा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक भिडियोमा शंकर आफैले मोडलिङ गरेका छन् भने उनलाई नायिका मरिष्का पोखरेलले साथ दिएकी छिन् ।
मरिष्का र शंकरले अभिनय गरेको यो गीतलाई बलिउडको गीत भनेर प्रचार गरिएको छ । तर, यो बलिउडको गीत होइन । हिन्दी भाषामा गाइएको गीत हो । भिडियोको छायांकन नेपालमै गरिएको छ । नेत्र गुरुङले भिडियोको छायांकन गरेका छन् ।
गीतमा निलेश सिंह र सहेबाको स्वर छ ।
from Online Khabar http://bit.ly/2FbhwOJ
via IFTTT
No comments:
Post a Comment