Sunday, January 27, 2019

सेयर बजारमा दोहोरो अंकको गिरावट

१३ माघ, काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार सेयर बजार १० दशमलव ६८ अंकले ओरालो लागेको हो ।

सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएसँगै नेप्से परिसूचक घटेर १ हजार १ सय ६२ दशमलव ०९ मा झरेको छ ।

आइतबार दिनभर भएका ६ हजार ७ सय ३० करोबारबाट १ सय ६४ कम्पनीका ११ लाख ८५ हजार ८७२ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ३४ करोड ३ लाख ७१ हजार रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

कारोबार रकमका आधारमा आइतबार अपर तामाकोशी हाइड्रोपावर कम्पनी पहिलो नम्बरमा देखिएको छ । अपर तामाकोशीको आइतबार ३ करोड २४ लाख ६३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।



from Online Khabar http://bit.ly/2RRbdXn
via IFTTT

No comments:

Post a Comment