१८ पुस, बुटवल । बुटवलको लागि सुजुकी टु हृवीलर्सको आधिकारिकक बिक्रेता आर एस अटf]mेमोबाईल्सले सुजुकी बर्गम्यान १२५ बिक्री शुरु गरेको छ । स्कुटरको नेपाल अटो ट्रे युनियन महासंघका अध्यक्ष जीवन अधिकारीले शुभारम्भ गरे । सुजुकी नेपालका मार्केटि· म्यानेजरी नवराज कोइरालालेृ सुजुकीको बजार अब्बदल रहेको बताए ।
नेपालमा उपलब्ध स्कुटरहरुमध्ये सबैभन्दा आर्कषक तथा सुविधाजनक यो पहिलो म्याक्सी स्कुटर भएको डिलरको दावी छ । जसमा १४ ईन्च आकारको ट्युबलेस ठूला टायर दिईएको छ ।
यो स्कुटर सबै १२५ सीसीका स्कुटरहरुको समूहमा एक बेन्चमार्कको रुपमा स्थापित हुने कुरा निर्विवाद रहेको आर एस अटोमोबाईल्स कानिर्देशक रेशम खड्काले जानकारी गराए । यसको बजार मुल्य रु. २ लाख २९ हजार कायम गरिएको छ ।
सुजुकी बर्गम्यान १२५ मा ७५०० आरपीएम, ८.७ बिएचपी को शक्ति उत्पादन गर्ने क्षमता बोकेको १२४.३ सीसीको शक्तिशाली इन्जिन जडित छ । यो स्कुटरको अग्रभागमा डिस्क ब्रेक छ भने, ५.६ लिटर पेट्रोल अट्दछ ।
डिजिटल ड्यास बोर्ड रहेको स्कुटरमा एलइडी हेडलाइट र एलइडी ब्याकलाइट जडान गरिएका छन् । एरोडाइनामिक डिजाईन, व|mोम फिनिसि·, सेन्ट्रल लक प्रणाली, मोबाइल चार्जको लागि पोर्ट तथा पंजा राख्ने भाग जस्ता विविध विशेषताहरु पनि यस स्कुटरमा रहेका छन् ।
सुजुकीले बुटवल तथा आसपासका क्षेत्रमा बिक्री, बिक्री पछिको सेवा र पार्टसहरु प्रभावकारी रुपमा प्रदान गरिरहेको आर एस अटोमोबाईल्सका संचालक श्याम बस्नेतले बताए । साथै ५ बर्षको ईन्जिन वारेन्टी पनि दिइएको छ ।
from Online Khabar http://bit.ly/2SwCue1
via IFTTT
No comments:
Post a Comment