२३ पुस, विराटनगर । पूर्व क्षेत्रमा लागूऔषध प्रयोगकर्ताको अवस्था काठमाडौंको भन्दा फरक देखिएको छ । नेपाल प्रहरीले गरेको अनुसन्धानका क्रममा काठमाडौं र पूर्व क्षेत्रमा प्रयोग हुने लागूऔषधको अवस्था र प्रकृति फरक देखाएको हो ।
मोरङ प्रहरीले तीन महिना लगाएर गरेको अध्ययनका क्रममा पूर्व क्षेत्रमा औषधिजन्य लागू औषध सेवन गर्नेको संख्या बढी पाइएको हो । काठमाडौंमा भने इन्जेशनमार्फत लागूऔषध प्रयोग गर्नेको संख्या बढी छ ।
‘काठमाडौंमा भन्दा यहाको अवस्था फरक छ ।’ जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठ भन्छन, ‘सन २०१३ मा अध्ययन गर्दा काठमाडौंमा इन्जेक्शन प्रयोग गर्ने बढी भेटेका थियौं । यहाँ औषधिजन्य ड्रक्स सेवन गर्नेको संख्या बढी छ ।’ लागू औषध नियन्त्रण व्यूरोमा लामो समय काम गरेका श्रेष्ठ पूर्व क्षेत्रमा इन्जेक्सनमार्फत ड्रक्स लिनेको संख्या निकै कम भएको बताउँछन् ।
मोरङको सीमावर्ती क्षेत्र विराटनगर रानीमा प्रहरीले भदौदेखि मंसिर लागूऔषध नियन्त्रण अभियान अन्तरगत लागूऔषध प्रयोगकर्ताहरुको अध्ययन गरेको थियो । सीमावर्ती बजार जोगवनी लागूऔषध प्रयोगकर्ताहरुको मुख्य गन्तब्य हो ।
अध्ययनका क्रममा एक हजार ६ सय १८ लागूऔषध प्रयोगकर्तासँग सोधपुछ गर्दा औषधिजन्य ड्रक्स कोरेक्स, फेन्सिडिल नाइट्रोसनलगायत सेवन गर्ने गरेको भेटिएको हो ।
८७ प्रतिशतले औषधिजन्य पदार्थ सेवन गर्ने भेटिएको थियो भने ४ प्रतिशत गाजा चरेस प्रयोग गर्ने भेटिएका थिए । ६ प्रतिशतले अन्य प्रयोग गर्ने बताएका थिए । औषधिजन्य लागूऔषध सेवन गर्नेहरु मध्ये थोरै मात्र न्जेक्सनको प्रयोग गर्ने भेटिएको डिएसपी श्रेेष्ठको भनाइ छ ।
श्रेष्ठले नै सन २१०३ मा काठमाडौंका लागूऔषध प्रयोगकर्ताहरुमाथि अनुसन्धान इन्जेक्नसनमार्फत डाइजेपाम, नुफिर्न, फेनार्गन जस्ता लागूऔषध प्रयोगकर्ता बढी भेटिएको थियो ।
लागूऔषध ओसार पसार हुने मुख्य नाका रानीमा सडक किनारमा टेण्ट लागेर सुरु गरिएको अभियानमा प्रहरीले चिकित्सकीय परामर्स पनि दिएको थियो ।
अभियानका क्रममा जोगनीमा ओभर जोड भएका पाँच जनालाई उद्धार गरी उपचार गरिएको थियो भने ४५ जना क्रोनिक प्रयोगकर्तालाई सुधारगृह पठाइएको डीएसपी श्रेष्ठले बताए । अन्यलाई भने परामर्श पछि अभिभावकको जिम्मा लगाइएको हो ।
अभियानले ओसारपसार घट्यो
मोरङ प्रहरीले सुरु गरेको अभियानमा जिल्लामा लागूऔषध ओसार पसारको घटनामा पनि कमी आएको छ । मोरङ जिल्लामा लागूऔषध ओसार पसारको मुख्य नाका रानी हो । रानी मै अभियान सञ्चालन भएपछि ओसारपसार पनि घटेको श्रेष्ठको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय मोरङको तथ्याङक अनुसार गत साउनमा ३६ वटा लागूऔषध अपराध अन्तरगत मुद्दा दर्ता भएको थियो ।
अभियान सञ्चालन भएपछि भदौमा १२ र असोजमा ७, कात्तिकमा १४ र मंसिरमा ९ वटा मुद्दा दर्ता भएको थियो ।
गतवर्षको साउनदेखि मंसिर महिनाको अवधीमा ९३ वटा लागु औषध सम्बन्धी मुद्दा दर्ता भएको थियो । चालु आर्थिक वर्षको मंसिरसम्म ७८ वटा मुद्दा दर्ता भएको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्याङ्कमा लागूऔषध प्रयोगकर्ताको संख्या बढदो देखाउँछ ।
०७३-७४ सालसम्म ५३७, ०७४-७६ मा ७३२ र चालु आर्थिक वर्ष ०७५- ७६ मा दर्ता भएका १६२ मुद्दा दर्ता गरेको थियो ।
तीन वर्षको अवधीमा दुई हजार ६९ जना लागूऔषध ओसार पसारमा संलग्नलाई मुद्दा दायर गरिएको थियो । ती मध्ये एक हजार ६६९ जना १४ देखि ३० वर्ष उमेर समूहका छन् ।
लागूऔषध प्रयोग गर्न सीमापार
नेपालमा लागूऔषध कारोवार र प्रयोग गर्ने वातावरण नभएपछि दुब्र्यसनी युवाहरु दैनिक सीमावर्ती बजार जोगवनी पुग्ने गरेका छन् ।
भारतीय बजार जोगवनीमा लागूऔषध प्रयोग गर्न सुनसरीको धरानदेखिका युवा दैनिक रुपमा पुग्ने गरेका छन् । ‘यहाँ घर परिवार र समाजका कारण असहज भएकाले पारी पुगेर सेवन गर्दै आउने क्रमा बढ्दो छ,’ श्रेष्ठले भने ‘सीमा पारी पुग्नेहरुमा विराटनगरका धेरै छन् ।’ उनले सामान्य मजदुरी गर्ने व्यक्तिहरु पनि लागूऔषध प्रयोगका लागि भारत पुग्ने गरेको भेटिएको बताए ।
पक्राउ पर्दै छुट्दै
तीन महिने अभियानका क्रममा प्रहरीले नियन्त्रणमा लिएर अभिभावको जिम्मा लगाएका मध्ये ३ सय ४३ जना मात्र नयाँ थिए ।
अन्य भने पटक पटक प्रहरीले पक्राउ गर्दै अभिभावको जिम्मा लगाएकाहरु थिए । डीएसपी श्रेष्ठ एक हजार ७० जना एकपटक पक्राउ परेकाहरु थिए भने १७९ जना दुई पटक र ८६ जना तीन पटक भन्दाबढी समय पक्राउ परेका व्यक्तिहरु थिए ।
अध्ययनका क्रममा ३० प्रतिशत भन्दाबढी शिक्षित युवाहरु लागूऔषध प्रयोगमा लागेको भेटिएको थियो ।
अनुसन्धान गरिएका मध्ये ८ प्रतिशत विद्यार्थी छन् । उमेरगत रुपमा हेर्दा १९ देखि २५ वर्ष समूहका ५१ प्रतिशत भन्दाबढी देखिएको थियो ।
करिब १० प्रतिशत १८ वर्ष मुनिका लागूऔषध प्रयोगकर्ता भेटिएका थिए ।
from Online Khabar http://bit.ly/2LU2xtf
via IFTTT
No comments:
Post a Comment