Friday, February 1, 2019

केसीको जीवन रक्षा माग गर्दै कांग्रेसद्वारा प्रदेशसभा अवरुद्ध

१८ माघ, बुटवल । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रदेश नं ५ को प्रदेशसभा वैठक अवरुद्ध गरेको छ ।

डा. गोविन्द केसीको जीवन रक्षा र निर्मला पन्तका हत्यारा पत्ता लगाउन सरकारले चासो नदिएको विरोधमा वैठक अवरुद्ध गरेको हो ।

वैठक शुरु भएलगत्तै विपक्षी दलका नेता बलदेव शर्मा पोखरेल रोष्टम अगाडि गएर वैठक चल्न नसक्ने भनेपछि कांग्रेस सांसदहरु उठेर वैठक अवरुद्ध गरेका हुन् ।

डा. केसीको जीवन रक्षा र निर्मला पन्तका हत्यारा पत्ता लगाउन चौतर्फी दवाव भएपनि सरकारले कुनै कदम नचालेको विरोधमा प्रदेश सभा वैठक अवरुद्ध गरेको नेता पोखरेलले बताए ।

कांग्रेसको अवरोधपछि सभामुख पूर्णबहादुर घर्तीले माघ २२ गतेसम्मका लागि वैठक स्थगित गरेका छन् । यसअघि नेपाली कांग्रेसले गोविन्द केसीको जीवन रक्षा माग गर्दै प्रतिनिधिसभा र राष्ट्रियसभा अवरुद्ध गर्दै आइरहेको छ ।



from Online Khabar http://bit.ly/2S3MHT2
via IFTTT

No comments:

Post a Comment