Wednesday, February 6, 2019

बलात्कारीलाई फाँसी दिन सांसद भुसालको माग

२३ माघ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद पुष्पा भुसालले बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग गरेकी छन् ।

भुसालले बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै पीडित १६ वर्ष भन्दा कम उमेरका भएका घट्नामा अपराधीलाई फाँसीको व्यवस्था गर्नुपर्ने बताएकी हुन् ।

पछिल्लो एक वर्षमा ५ सय ३५ बलात्कारका घट्ना भएको र त्यसमध्ये २१ प्रतिशत पीडित १५ वर्ष भन्दा कम उमेरको भन्दै सांसद भुसालले कडा सजायको आवश्यकता रहेको बताएकी हुन् । महिला हिंसा न्यूनीकरणको विषयमा सरकार बेखबर रहेको उनको आरोप थियो ।

शून्य समयमा बोल्दै भुसालले गत साउनमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा सरकारकै वरीपरी घुमेको तर सरकारले भने हत्यारा पक्राउ परिसक्यो भनेर गलत सूचना दिएको बताइन् ।



from Online Khabar http://bit.ly/2WKFlT9
via IFTTT

No comments:

Post a Comment