Friday, February 1, 2019

नेपालको धारणा कुनै देशमा बाह्य हस्तक्षेप नहोस् भन्ने हो : रक्षामन्त्री पोख्रेल

१८ माघ, नवलपरासी । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले नेपाल सरकार कुनैपनि देशको आन्तरिक मामलामा बाह्यदेशको हस्तक्षेपको पक्षमा नरहेको बताएका छन् ।

कावासोतीमा शुक्रबार पत्रकारहरुले भेनेजुयलामा अमेरिकाले गरेको हस्तक्षेपबारे अध्यक्ष प्रचण्डबाट आएको वक्तव्य र अमेरिकाले सरकारको धारणा मागेको सम्बन्धमा जिज्ञासा राखेका थिए ।

पत्रकारको जिज्ञासामा रक्षामन्त्री पोख्रेलले भने, ‘अध्यक्षको वक्तव्यमा आएको कुराले केही भ्रम पैदा गरेको थियो तर नेपाल सरकारका धारणा भनेको कुनै पनि देशको आन्तरिक मामिलामा वाह्य हस्तक्षेप नहोस भन्ने हो ।’

प्रेस चौतारी र प्रेस सेन्टर नवलपुरले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले द्वन्दकालका घटना तथा मुद्दाहरु मिलाउनका लागि सरकारले ऐन बताउने तयारीमा रहेको समेत जानकारी दिए ।

रक्षामन्त्री पोख्रेलले विगतमा गठन भएका आयोगहरु, विभिन्न खाले सम्झौताहरु सबैलाई नै टेकेर चिकित्सा शिक्षा विधयेक पास गरेको दावी समेत गरे ।



from Online Khabar http://bit.ly/2RtRM1R
via IFTTT

No comments:

Post a Comment