२० माघ, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले रेमिट्यान्स डिपोजिट बचत खाता खोल्दा ग्राहकलाई बोनस व्यालेन्स स्वरुप पाँच सय रुपैयाँ उपलब्ध गराउने भएको छ ।
विदेशबाट नेपाल भित्रिने रेमिट्यान्सलाई सेभिङमा बदल्ने उद्देश्यले यस्तो योजना ल्याइएको बैंकले जनाएको छ । विदेशबाट नेपालमा भित्रिईरहेको रेमिट्यान्सबाट लाभग्राहीले आवश्यक पैसा मात्र निकालेर बाँकी रकम बचतका साथै ब्याज आर्जन होस भन्ने उद्धेश्यका साथ बैंकले यो योजना अगाडी सारेको हो’, बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
श्रमका लागि विभिन्न देशमा जाने नेपाली कामदारले विदेश जानुअघि रेमिट्यान्स बचत खाता खोल्न सक्नेछन् भने विदेशबाट निरन्तर रुपमा रेमिट्यान्स प्राप्त गर्ने लाभग्राहीले समेत यो खाता खोल्न सक्नेछन् ।
ग्राहकले ग्लोबल आइएमई बैंकका जुनसुकै शाखाबाट रेमिट्यान्स बचत खाता खोलेपछि बैकले ग्राहकले खोलेको नयाँ खातामा बोनस रकम जम्मा गरिदिने जानकारी दिएको छ ।
आम नागरिकमा बचत गर्ने बानीको विकास गराउनको लागि प्रोत्सहान गर्ने उद्देश्यले विभिन्न समयमा यस्ता योजनाहरु अगाडि सार्दै आएको बैंक बताउँछ ।
from Online Khabar http://bit.ly/2DRQevc
via IFTTT
No comments:
Post a Comment