१८ माघ, काठमाडौं । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा यूएईले आफ्नो सातौ विकेट गुमाएको छ ।
टस जितेर ब्याटिङ गरेको यूएईले सातौ विकेटको रुपमा कप्तान मोहम्मद नाभिदलाई सात रनमा गुमाएको हो । उनको विकेट नेपालका लागि अविनाश बोहराले लिए । यसअघि अमिर हायतलाई तीन रनमा अविनाशले नै आउट गराएका थिए ।
यसअघि यूएईका साइमन अनवरले १४, मोहम्मद बुताले ११, घुलाम शब्बरले ६, अश्फाक अहमदले चार रन बनाएर आउट हुदा मोहम्मद उस्मान भने शुन्य रनमै आउट भए ।
नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट लिएका छन् । त्यस्तै, करण केसीले एक विकेट लिएका छन् ।
१५ ओभरको खेल चलिरहंदा यूएईले सात विकेटको क्षतिमा ७८ रन बनाएको छ ।
from Online Khabar http://bit.ly/2CYWIGJ
via IFTTT
No comments:
Post a Comment