स्पेन। सामाजिक सञ्जाल फेसबुकमा लेखिएको स्ट्याटसप्रति ध्यानआकर्षण गर्दै नेपाली राजदूतावास म्याड्रिडले विज्ञप्ति निकालेको छ।
एनआरएनए युरोप उपसंयोजक एकराज गिरीले दूतावासको प्रिन्टिङ केयरलेसका बारेमा स्ट्याटस लेखेपछि दूतावासले मंगलबार कडा शब्दमा विज्ञप्ति प्रकाशित गरेको हो।
गिरीले सोमबार फेसबुकमा एक तस्वीर राख्दै लेखेका थिए, ‘हाम्रो कुटनीतिकस्तर आज एकजना स्पेनिस मित्रले ह्वाट्सएपमा निम्न बमोजिम तस्वीरसहित सन्देश पठाएर सोध्नुभयो – नेपालको नाम कुन ठीक हो (NEPAL कि NEAPL) ?’
उनले अघि लेखेका छन् – नेपाल सरकारको प्रतिनिधि निकाय नेपाली दूतावासद्वारा सम्प्रेषित पत्र हुनाले उहाँ (स्पेनिस मित्र)लाई नेपालको स्पेलिङबारे दुविधा भएछ । असावधानीले यस्तो सानो गल्ती भएको हुनु पर्दछ जसले ती मित्रलाई नेपालको स्पेलिङकै बारेमा दुविधा उत्पन्न गराइदियो।
दूतावासले भने स्ट्याटसबारे कडा भाषामा विज्ञप्ति जारी गर्दै राजदूतावास र मुलुकलाई बदनाम गराउने उद्धेश्यले प्रकाशित गरिएको स्ट्याटसप्रति दूतावासको घोर आपत्ति रहेको जनाएको छ।
उक्त कार्यमा दूतावासप्रति द्वेष प्रकट गर्ने मनसायबाट विषयलाई अतिरञ्जित गर्ने दुष्कार्य भएको विज्ञप्तिमा उल्लेख छ।
‘सामाजिक सञ्जालमा प्रकाशित उक्त स्ट्याटस दूतावासको छवि र प्रतिष्ठामा आँच पुर्याउने एवं दूतावासका कुटनीतिक कर्मचारीको वदनाम गर्ने अभिप्रायबाट प्रेरित हुन सक्ने देखिएकोले यस्ता भ्रामक विषय सम्प्रेषण गर्ने तत्वलाई सबै मिलेर निरूत्साहित गर्न अनुरोध गरिन्छ,’ विज्ञप्तिमा लेखिएको छ।
विवादित दूतावास
नेपाल सरकारले स्पेनमा खोलेको नयाँ नेपाली राजदूतावासका पहिलो राजदूत बनेर आएका भरतबहादुर रायमाझी बिबादित बन्दै फर्किए। उनको कुटनीतिक क्षमतामाथि प्रश्न उठ्दै आएको थियो ।
अझ भर्खर खोलिएको नयाँ दूतावासमा समेत राजनीतिक नियुक्तिमा राजदूत पठाइदिंदा दूतावासले गति लिन सकेन । नेपाली सेनाका पूर्व जर्नेलसमेत रहेका रायमाझी तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट राजदूत सिफारिस भएका हुन् ।
तीन हप्ताको म्याद दिइ नेपाल फर्किन परराष्ट्रले पत्र लेखेपनि उनी १० दिन ढिलो गर्दै नेपाल फर्किए।
सरकारले फिर्ता बोलाउने निर्णय गरेपछि उनले उल्टो आँफूलाई राजदूतको रुपमा निरन्तरता दिन अनुरोध गर्दै प्रधानमन्त्रीको नाम पत्र लेखे ।
‘मलाई छोटो अवधिमा जिम्मेबारीबाट फिर्ता बोलाउनु ममाथि अन्याय हुन जान्छ तसर्थ अर्को ब्यबस्था नभएसम्म कार्यभार सम्हाली राख्न यथाशीघ्र निर्देशन हुनका लागि सम्मानीय प्रधानमन्त्री ज्यूमा सबिनय निबेदन गर्दछु,’ पत्रको आसय यस्तो थियो ।
अन्तत: परराष्ट्रले पटकपटक ताकेता गरेपछि उनी जानै पर्यो । रायमाझी आर्थिक अनियमिताको बिबादमा समेत मुछिएका थिए ।
यता अहिले कार्यबाहक राजदूतको जिम्मेबारी सम्हालेका हरिहर कान्त पौडेल पनि पछिल्लो विज्ञप्तिसँगै विवादित बनेका छन्।
from Online Khabar http://bit.ly/2ShPLuO
via IFTTT
No comments:
Post a Comment