Friday, February 1, 2019

राजदूत लक्की शेर्पाले राजीनामा दिइन्

१८ माघ, काठमाडौं । नेपालका लागि अष्ट्रेलियाकी राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । अष्ट्रेलियाबाट फर्केको केही दिनमा उनले परराष्ट्र मन्त्रालयमा राजीनामा बुझाएकी हुन् ।

आफ्नै गाडीचालकले मानव बेचबिखनको आरोप लगाएपछि उनी विवादमा परेकी थिइन् । त्यसपछि सरकारले उनलाई काठमाडौं बोलाएर स्पष्टिकरण सोधेको थियो ।

त्यसपछि अष्ट्रेलिया गएकी उनले फर्केर आएपछि राजीनामा दिएकी हुन् ।  राजदूत शेर्पाले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएकी छन् ।



from Online Khabar http://bit.ly/2BeLvls
via IFTTT

No comments:

Post a Comment