Tuesday, February 5, 2019

हेलिकोप्टरबाट धनगढीको अवलोकन

२२ माघ, कैलाली । सुदूरपश्चिम महोत्सवमा हेलिकोप्टर चढेर धनगढीको अवलोकन गर्न पाइने भएको छ ।

कैलाली उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवमा हेलिकोप्टरबाट धनगढीको अवलोकन गर्ने व्यवस्था गरिएको हो । तर, हेलिकोप्टरबाट अवलोकन गर्न टिकट लिनुपर्ने छ ।

आज(मंगलबार)देखि सुरु भएको महोत्सवमा भोलि (बुधबार)देखि हेलिकोप्टरमा धनगढी परिकर्मा गर्ने व्यवस्था मिलाइएको उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्करराज ओझाले जानकारी दिए ।

उनका अनुसार प्रतिव्यक्ति चारहजारका दरले एकपटकमा ६ जनाले हेलिकप्टरबाट महोत्सव लगायत यहाँका धार्मिक एबं पर्यटकीयस्थलहरुको अवलोकन गर्न सक्ने छन् ।



from Online Khabar http://bit.ly/2MMSLtc
via IFTTT

No comments:

Post a Comment