२३ माघ, काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले सात वटै प्रदेशमा हिंसा पीडित महिलाको पुनर्स्थापना गृह सञ्चालन गरिने बताएकी छन् ।
बुधबार संसदमा सांसदसंगको प्रश्नोत्तर कार्यक्रममा उनले हिंसा पीडित महिलालाई दीर्घकालीन सेवा प्रदान गर्नका लागि सातै प्रदेशमा आवास गृह निर्माण गर्न लागिएको जानकारी गराएकी हुन् । त्यस्ता आवास गृहका लागि केन्द्रले स्थानीय तहलाई सशर्त अनुदान र सशर्त बजेट उपलब्ध गराउने र स्थानीय तहले पनि आवश्यक बजेट थप गरी गृह सञ्चालन गर्ने योजना बनाउनुपर्नेमा जोड दिइन् ।
‘महिला हिंसालगायतका कार्यमा स्थानीय तहलाई नै जिम्मेवार बनाउँदा प्रभावकारी हुन्छ’, उनले थपिन्, ‘बरु स्थानीय तहमै महिलाहरुको उथ्थानका लागि एउटा नीति, कार्ययोजना बनाएर जाने हो भने प्रभावकारी काम गर्न सक्छौं ।’
त्यसका लागि पुनर्स्थापना केन्द्रहरु, गृहहरु बनाउने र त्यसमा राखेर दीर्घकालीन रुपमा सेवा गर्ने योजना रहेको उनले बताइन् ।
प्रश्नोत्तर कार्यक्रममा सांसद विमला विकले सातै प्रदेशमा सुरक्षा आवास निवास निर्माण गरिने योजना सुन्दा खुसी लागेको तर, महिला विरुद्ध हुने श्रृङ्खला हटाउने योजना के छ ? भन्दै प्रश्न गरेकी थिइन् । जवाफमा मन्त्री थापाले सात वटा प्रदेशमा हिंसा पीडित महिलाहरुका लागि पुनर्स्थापना केन्द्रहरु स्थापना गरिने र त्यसमा राखेर पीडित महिलालाई दीर्घकालीन रुपमा सेवा प्रदान गरिने बताइन् ।
सांसद रंगमती शाहीले कर्णालीका महिलाहरु महिनावारी भएको बेला खुला ठाउँमा ज्यान गुमाइरहन वाध्य रहेको उल्लेख गर्दै यो कार्यक्रमले ग्रामीण महिलाहरुलाई कसरी संवोधन गर्छ भन्ने प्रश्न गरिन् । जवाफमा मन्त्री थापाले सबैलाई समेट्ने गरी सातै प्रदेशमा आवास गृह बनाउने योजना ल्याइएको बताइन् ।
from Online Khabar http://bit.ly/2WT6CTE
via IFTTT
No comments:
Post a Comment