२४ माघ, काठमाडौं । २१औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ ।
धरानस्थित एन्फा टेक्निकल सेन्टरमा हुने उद्घाटन खेलमा संकटा क्लबले मेची नेत्रालय काँकडभिट्टासँग प्रतिस्पर्धा गर्ने छ ।
प्रतियोगितामा कुल आठ टिमको सहभागिता रहेको छ । समूह ए मा संकटा, मेची नेत्रालय काँकडभिट्टा, मनाङ मस्र्याङ्दी क्लब र डल्फिनास क्यामरुन रहेका छन् ।
त्यस्तै, समूह बि मा नेपाल पुलिस क्लब, साहरा पोखरा क्लब, आयोजक धरान एफसी र कोलकोत्ताको दलहाउसी एथ्लेटिक रहेका छन् ।
प्रतियोगिताको विजेताले आठ लाख नगदसहित ट्रफि हात पार्नेछ । त्यस्तै, उपविजेताले चार लाख नगद प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।
from Online Khabar http://bit.ly/2RLgSJz
via IFTTT
No comments:
Post a Comment