२० माघ, विराटनगर । १० बर्षीया रुपमती दासको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका विराटनगर–८ बलुवाहीका भुट्टु भनिने अब्बास अन्सारीले त्यसअघि छिमेकी महिलालाई बलात्कारको योजना बनाएको खुलेको छ ।
रुपमतीको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले अन्सारी र चन्दु महतोलाई पक्राउ गरेको छ । दुबैले अभियोग स्वीकार गरेका छन् ।
प्रहरीका अनुसार निर्माण क्षेत्रमा मजदुरको काम गर्ने अब्बासले शनिबार पैसा लिएका थिए । उनले माइतमा रहेकी श्रीमतीलाई फोन गरे । तर, श्रीमतीसँग विवाद भएपछि सीमावर्ती बजार जोगवनी गएका लागूऔषध नाइट्रोसन ट्याब्लेट खाए । त्यसक्रममा उनले पाउरोटीमा नाइट्रोसन ट्याब्लेट हालेर छिमेकी महिलालाई खुवाउने र बलात्कार गर्ने योजना बनाए । तर, महिलाले पाउरोटी खान मानिन् ।
त्यसपछि छिमेकी चन्दुसँग मिलेर १० वर्षीया बालिका रुपमतीलाई उठाएर लगेको खुलेको छ । ‘अब्बासले चन्दुसँग शारीरिक सम्बन्ध राख्ने इच्छा व्यक्त गरेको देखिन्छ’ मोरङका प्रहरी उपरीक्षक मनोज केसीले भने, ‘त्यसका लागि टीभी हेर्दा निस्किएकी बालिकालाई बाटोबाटै उठाएर लगे ।’
रुपमतीलाई आमा मनिदेवीले भूजा किन्न पठाएकी थिइन् । तर भुजा नपाएपछि फर्किएकी उनलाई बाबुले चुरोट लिन पठाए । बाबुलाई बाटोमा भेटेर चुरोट दिएकी उनी टीभी हेर्न निस्किएकी थिइन् । तर, मोहम्मद नेमाको घर पस्नेबाटो छेउमा पुग्दा अब्बास र चन्दुले मुख थुनेर चौरतिर लगेका थिए ।
बालिकाको सामूहिक बलात्कारपछि घाँटी थिचेर हत्या गरेको दुबै अभियुक्तले स्वीकार गरेका छन् । ‘हत्या गरेर खोलामा फालेको देखिन्छ’ प्रहरी उपरीक्षक केसीले भने ।
अब्बास आइतबार बिहानै शव हेर्न पुगेका थिए । तर, नजिकै अड्किएको देखेपछि धकेलेर बगाइदिए । भोलिपल्ट बालिकाको शव करिब ५०० मिटर दक्षिण भेटिएको थियो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पोष्टमार्टम रिपोर्टले पनि रुपमतीको बलात्कारपछि हत्या भएको पुष्टि गरेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । पक्राउ परेका दुबैलाई ‘जबरजस्ती करणी गरी कर्तब्य ज्यान’ मुद्दा दायर गरिएको छ ।
from Online Khabar http://bit.ly/2G64dj7
via IFTTT
No comments:
Post a Comment