Sunday, February 3, 2019

मार्सीमोहनका लागि दुई तिहाई देख्न पाइयो ! सरकारलाई बधाई छ

२० माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले मनमोहन अधिकारीका लागि देख्न नपाएको दुई तिहाई मार्सीमोहनका लागि देख्न पाएको भन्दै सरकारलाई बधाई दिएका छन् ।

संसदको आइतबार बैठकमा बोल्दै सांसद थापाले डा. गोविन्द केसीलाई पराजित गरेर धेरैलाई खुसी बनाएको भन्दै बधाई दिएका हुन् ।

न्याम्सको नाम मनमोहन अधिकारी राख्न खोज्दा देख्न नपाएको दुई तिहाई अहिले देख्न पाएको भन्दै उनले भने, ‘दुई तिहाईको दभ्भ देख्नै पाएका थिएनौं । अनेक ठाउँमा दुई तिहाई देख्न पाइएन । कमरेड मनमोहनका लागि पनि देख्न पाएका थिएनौं । मार्सीमोहनका लागि देख्न पाइयो, सरकारलाई बधाई छ ।’



from Online Khabar http://bit.ly/2S5LhHJ
via IFTTT

No comments:

Post a Comment