११ माघ, काठमाडौं । लेनदेन सम्बन्धी विवादमा थापाथलीस्थित प्रसुति गृहकी चिकित्सक डा. बबिता शाहकी २ वर्षीया छोरी सन्दिज्ञालाई अपहरण गर्ने मुख्य आरोपित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरमा मनिषकुमार गुप्ता छन् ।
यसअघि ११ माघमा बालिकाको अपहरण भएको थियो । र, मुख्य आरोपित गुप्ताकी श्रीमती अर्चनाले जनकपुरबाट माग गरिएको रकम १ लाख ५० हजार रुपैयाँ बालिकालाई छाडेर मनिष भागेका थिए ।
सोही दिन मनी ट्रान्सफरबाट पैसा निकाल्ने वित्तिकै जनकपुर प्रहरीले अर्चनासहित बाबु श्रेष्ठलाई पक्राउ गरेको थियो । यद्यपि, श्रेष्ठको संलग्नता नदेखिएपछि उनलाई छाडिएको थियो ।
काठमाडौं प्रहरीले दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर गुप्तालाई सार्वजनिक गर्ने तयारी गरेको परिसरका प्रमुख एसएसपी वसन्तकुमार लामाले अनलाइनखबरलाई बताए ।


from Online Khabar http://bit.ly/2MWqHE5
via IFTTT
No comments:
Post a Comment