Saturday, February 2, 2019

आर्थिक अवस्था निराशाजनकः पूर्वअर्थमन्त्री महत

१९ माघ, काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतले मुलुकको आर्थिक अवस्था अत्यन्तै निराशाजनक रहेको बताएका छन् ।

महँगीले सीमा नाघेको र भ्रष्टाचार बढेको उनको दाबी छ । शनिबार रिपोर्टस क्लबको साक्षात्कारमा कांग्रेस नेता महतले भने, ‘प्रधानमन्त्री डाबोस जानुभयो । अत्यन्तै राम्रो हो । तर, देशको अवस्था नसुधारेसम्म लगानी आकषिर्त हुँदैन ।’

देशमा सुशासन छ कि छैन ? भएका नियम, कानुनहरु राम्रोसँग पालना हुन्छन् कि हुँदैनन् ? भ्रष्टाचार समाप्त भएको छ कि छैन ? भन्ने हेनुपर्ने उनले बताए ।

यो सबै निराशजनक रहेको भन्दै उनले विश्व बैंकको ‘डुइङ बिजनेश रिपोर्ट’ मा नेपालको लगानीको वातावरणको अवस्था घटेको उल्लेख भएको स्मरण गरे । टा्रन्सपरेन्सी ईन्टरनेश्नलको रिपोर्टले नेपालमा भ्रष्टाचार बढेको देखाएको उनले बताए ।

नेपालमा पछिल्लो समय लगानीकर्ताहरु आतंकित भएको भन्दै पूर्वअर्थमन्त्री डा. महतले भने,’लगानी गर्छु भन्ने मान्छेहरु पनि अहिले हच्किएका छन् । लगानी गरेकाहरु पनि उद्योग नै बन्द गर्नुपर्ने हो कि भन्ने अवस्थामा पुगेका छन् ।’

लगानी सम्मेलन गर्ने सरकारको तयारीमा प्रश्न उठाए । प्रचण्ड प्रधानमन्त्री हुँदा भएको लगानी सम्मेलन स्मरण गर्दै उनले भने, त्यतिवेला १४ मिलियन डलरको प्रतिबद्धता आएको थियो । लगानीकर्ताहरुले एमओयूमा हस्ताक्षर गरेर छन् । त्यतिवेला प्रतिबद्धता गरेका लगानीकर्ताहरु किन आएनन् सोध्नुपर्छ ।’

नयाँ सम्मेलन गर्छु भनेर प्रचार मात्र गर्न नहुने उनको धारणा छ । डा. महतले भने, ‘मेरो अहिले पनि सुझाव छ-भाषण मात्र होइन, लगानी गर्ने वातावरण बनाउनुपर्‍यो ।’



from Online Khabar http://bit.ly/2SlcyVR
via IFTTT

No comments:

Post a Comment