२३ माघ, काठमाडौं । नेपालमा गोर्खा इन्टेक २०१९ को छनोट हालै पूरा भएको छ । र, यसपाली ब्रिटिश आर्मीमा १९८५ यताकै ठूलो संख्यामा नेपालीहरु भर्ती हुने भएका छन् ।
क्षेत्रगत रुपमा सेप्टेम्बरमा छनोटको पहिलो चरण पूरा हुँदा प्रारम्भिक १० हजार आवेदकहरुमध्ये ५ सय ८० जनालाई अन्तिम मूल्यांकनका लागि पोखरा बोलाइएको थियो । यस क्रममा ब्रिटिश आर्मीले भर्ती हुने युवाको संख्यामा उल्लेख्य वृद्धि गर्न सहमति जनाएको हो । पहिले ३ सय २० जना भनिएकोमा अब गोर्खा कम्पनीले ४०० जनालाई भर्ती गर्ने भएको छ ।
अन्तिम मूल्यांकनमा विभिन्न परीक्षण, जस्तै सिट अप, पुल अप, जेरी केन्स र पावर ब्याग्स लगायत हुनेछन् । तीमध्ये कुनैमा पनि असफल भएमा प्रतियोगीहरु प्रतिस्पर्धाबाट बाहिरिनेछन् । गोर्खा छनौटको सबैभन्दा कठिन परीक्षण चाहिँ डोको दौड हो । यसमा प्रतिस्पर्धीहरुले डोकोभित्र २५ किलो बालुवा बोकेर पहाड उक्लिनुपर्ने हुन्छ । उनीहरुले यसरी ५ किलोमिटरको उकालो यात्रा गर्नुपर्छ ।
‘यो गोर्खामा हाम्रो पहिचान नै हो,’ अवकाशप्राप्त क्याप्टेन गणेश राई भन्छन् । डोको दौडको आरम्भ १९८९ बाट भएको हो । त्यसभन्दा अगाडिसम्म धेरैजसो युवाहरुको डोकोमा भारी बोकेर पहाड उक्लने दिनचर्या नै थियो ।
बिहान ५ः४५ बजे प्रतियोगीहरु शिविरबाट डोको बोकेर निस्किन्छन् र दौड सुरु हुन्छ ।
‘यसरी दौडिदा कहिल्यै माथि हेर्नु हुँदैन,’ अवकाशप्राप्त क्याप्टेन हरिप्रसाद राई भन्छन्, ‘अन्यथा डोको भुईमा खस्न सक्छ ।’
अप्ठेरो जमिन र वर्षाका बीच भारी डोको बोकेर प्रतियोगीहरुले ४६ मिनेटमा दौड पूरा गर्नुपर्छ । गर्न नसके उनीहरुको यात्रा त्यहीँ टुंगिन्छ ।
टुप्पोमा पुगेपछि उनीहरुले खाजा खान पाउँछन् । त्यहाँ छोटो अन्तरवार्ता हुन्छ र त्यसपछि नतिजाको प्रतीक्षा गर्नुपर्छ ।
from Online Khabar http://bit.ly/2D9MIuy
via IFTTT
No comments:
Post a Comment